क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न नेपाल र भारतबीच सम्झौता

Advertisement

काठमाडौं । नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुईपक्षीय सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा बिहीबार यससम्वन्धी भएको हो । 

हालसम्म दुई देशबीच कार्डको माध्यमबाट वस्तु तथा सेवा खरिद गर्न सकिने व्यवस्था रहे पनि क्यूआर कोडृमार्फत भने कारोबार हुने सुविधा थिएन् । भारतमा भुक्तानी प्रणाली सञ्चालन गरिरहेको दुई कम्पनीहरुको ‘सिस्टम कनेक्ट’ गर्ने सम्झौतामा नेपाल क्लियरिङ हाउस र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाबीच सम्झौता भएको हो ।

Advertisement

दुवै संस्था दुवै देशका केन्द्रीय बैंकको लगानी रहेका वित्तीय कारोबार गर्ने संस्था हुन् । दुवै संस्थाको प्रणाली एकीकृत गरेर नेपाल–भारत क्रस बोर्डर विद्युतीय भुक्तानी सुरु गर्ने सम्झौता भएको छ ।

Advertisement

Advertisement