शुक्रबार ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य प्रतितोला १ हजार सात सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार ७ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपियाँमा कारोबार भएको छ । गत सुक्रबार हालसम्मकै उच्च मूल्य १ लाख १३ हजार ३ सय रुपियाँमा कारोबार भएको थियो । 

Advertisement

तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपियाँ र चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

बजेटमा सुनचाँदीको भन्सार शुल्क १५ प्रतिशतले बढाइपछि सुनचाँदीको मूल्य लगातार बढ्दै आएको थियो । 

Advertisement

Advertisement