यस पटकको वसन्तयाममा सगरमाथा चढ्नेहरुले गरेको ५४ हजार किलो फोहोर संकलन

Advertisement

काठमाडौं । नेपालमा रहेका हिमालमध्ये सबैभन्दा धेरैले आरोहण गर्ने सगरमाथा हो । यस हिमालमा अहिलेको वसन्त ऋतृमा आरोहीहरुले हजारौं किलो फोहोर गरेको पाइएको छ । 

आरोहण अभियान सक्किएसँगै सगरमाथाबाट ५४ हजार २३८ किलो फोहोर संकलन गरिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए । उनले संकलन भएको फोहोर कागज तथा प्लास्टिक १९ हजार ३१ किलो, टिन क्यान बोतल सात हजार ७४५ किलो मानिसले गरेको विकार १८ हजार ७०७ किलो र किचन वेस्ट आठ हजार ७४७ किलो छ ।  

Advertisement

पर्यटन विभागका निर्देशक युवराज खतिवडाले यस वसन्तयाममा करिव छ सयले सगरमाथा आरोहण गरेको, १२ जनाको मृत्यु भएको, त्यसमध्ये ११ वटा शव संकलन भएको बताए । उनले पाँच जना बेपत्ता रहेको जानकारी दिए । उनीहरुको पनि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । 

साथै, वसन्तयाममा सगरमाथा आधार शिविरमा करिब दुई हजार आरोही र गाइडहरु पुगेको पनि विभागले जनाएको छ । सगरमाथा आरोहणका लागि ४७ टिम र ४७८ जनाले आरोहण अनुमति लिएका थिए । यीमध्ये ३७६ जना पुरुष र १०२ जना महिला थिए । सगरमाथा चढ्नेहरुको यो संख्या अहिलेसम्मकै धेरै हो । 


वसन्त ऋतुमा ७६ करोड ५७ लाख ५८ हजार तीन रुपियाँ सरकारलाई रोयल्टी संकलन भएको छ । यस पटक नेपालबाट सगरमाथा चढ्नेको संख्या धेरै हुनुमा चीनतर्फ आरोहण खुल्ला नहुनु पनि हो । 

Advertisement

Advertisement