नेपालको पर्यटन प्रवर्द्धन गर्न अमेरिकामा एक्स्पो आयोजना

Advertisement

काठमाडौं । अमेरिकामा वर्ड अफ ट्राभल, ट्रेड एण्ड टेस्ट एक्स्पो मे ३१ देखि जुन २ तारिखसम्म सम्पन्न भएको छ । 

अमेरिकाको वीच कन्भेन्सन सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न देशहरुबाट ५ सय भन्दा बढी कम्पनीहरुको सहभागिता रहेको थियो । 

Advertisement

नेपालको पर्यटनलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको हिमालयन फ्रेन्डस ट्रेकिङ प्रालिका निर्देशक रिन्जी जाङ्बु शेर्पाले जानकारी दिए । 

वर्ड अफ ट्राभल ट्रेड र टेस्ट एक्स्पोमा नेपालबाट एक्स्पडिशन बेस र हिमालयन फ्रेन्डस ट्रेकिङ प्रालि सहभागी थिए । हिमालयन फ्रेन्डस टे«किङका निर्देशक शेर्पाका अनुसार विदेशीहरुले नेपाललाई धेरै मन पराउने रहेछन् । विदेशीहरुले विश्वमा नेपाल एउटा यस्तो देश हो, जीवनमा एक पटक पुग्नै पर्ने देश हो भनेका उनले सुनाए । 

‘नेपाल प्राकृतिक सौन्दर्यको देश भएको साथै नेपालीहरु एकदमै दयालु हुन्छन्’, नेपालीहरुको प्रसंशा गर्दै विदेशीहरुले आफूलाई सुनाएको शेर्पाले कपोरेटनेपालसँग भने । 

Advertisement