बजाजद्धारा युरोपियन आर्थिक संघको कार्यसमिति निर्माण

Advertisement

काठमाडैं । युरोपियन आर्थिक संघमा पुनः अध्यक्ष चयन भएका नारायण बजाजले संघको कार्यसमिति निर्माण गरेका छन् । 

संघको तीन साताअघि भएको बार्षिक साधारणसभाले उनलाई पुनः अध्यक्ष चयन गरेको थियो । अध्यक्षले बाँकी कार्यमितिका पदाधिकारी र सदस्य चयन गर्ने संघको व्यवस्थाअनुसार १४ सदस्यीय समिति निर्माण गरिएको हो । 

Advertisement

संघको निवर्तमान अध्यक्षमा विनायक शाह, उपाध्यक्षमा पुष्पदास श्रेष्ठ, उर्मिला श्रेष्ठ र करण वैद्य, महासचिवमा दिपेन्द्र प्रधानाङ्ग, कोषाध्यक्षमा अनिन राजभण्डारी, सदस्यमा सिद्धार्थमणि राजभण्डारी, डा. भ्योमा कोइराला, दिनेश श्रेष्ठ, अश्विन केडिया, विधाता श्रेष्ठ, विदुषी राणा र वरिष्मा साउद छन् । 

तीन बर्षका लागि निर्वाचित बजाज वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पनि हुन् । रोमानियामा मानार्थ महाबाणिज्य दूत समेत रहेका उनी शैक्षिक परामर्शदाता संस्था ग्लोबल रिचका प्रमुख पनि हुन् । 

Advertisement

Advertisement