गरिमा विकास बैंकले नुवाकोटको फाँटपौवामा गर्यो निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम

Advertisement

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, चावहिल र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टसंगको सहकार्यमा शनिवार नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २, फाँटापौवा, स्थित जनजागरण सामुदायिक पुस्तकायल स्रोत केन्द्रमा १ दिने निःशुल्क स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । 

बेलकोटगढी नगरपालिका वडा न. २ का वडाध्यक्ष रामचन्द्र तिमल्सिनाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि सांसद अर्जुननरसिंङ्ग केसी र विशिष्ट अतिथिहरुमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष डा. आनन्तप्रसाद श्रेष्ठ, बेलकोटगढी नगरपालिका मेयर जगत हादुर लामा, यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टका अध्यक्ष डा. केदार नरसिंङ्ग केसी र बैंकका सीईओ गोविन्दप्रसाद ढकाल र नायब सीईओ माधवप्रसाद उपाध्यायको उपस्थिति थियो । 

Advertisement

शिविरमा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका स्वास्थ्यकर्मीहद्धारा सामान्य स्वस्थ्य चिकित्सा, पाठेघरको क्यान्सर, दन्त चिकित्सा, नाक कान घाँटी, हाड जोर्नी, स्त्रीरोग, चर्मरोग, मुटुरोग, मनोरोग लगायत रोगहरुको परीक्षण एव भिडियो एक्सरे र ई.सी.जी लगायतका सेवाहरु प्रदान गरिएको थियो । उक्त कार्यक्रममा करिब ७०० जनको निःशुल्क स्वस्थ्य परीक्षण गरिएको थियो । 

Advertisement

Advertisement