शेयर बजार दोहोरो अंकले घटेपछि अत्तालिए लगानीकर्ता, कारोबार रकम २ अर्ब नजिक

Advertisement

काठमाडौं । सरकारसँग पूँजीगत लाभकरमा सहमति भएपछि हिजो ह्वात्तै बढेको शेयर बजार आज पुनः दोहोरो अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.३८ अंकले घटेको हो । ०.९१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९०१.९९ अंकमा झरेको छ । 

Advertisement

आज २७७ कम्पनीका ५६ लाख २० हजार ३ सय ८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १ सय ७.३१ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि रिभर फल्स पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् । त्यसैगरी शिवम् सिमेन्टका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.५० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि शिवम् सिमेन्टकै उच्च कारोबार भएको छ । उक्त कम्पनीको १९ करोड ८९ लाख ५६ हजार ३ सय ५३ रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन हिजो आइतबार बजार ५३.०३ अंकले बढ्दा १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३ सय ९१.५७ रुपियाँ बराबरको कारोबार भएको थियो ।   
 

Advertisement

Advertisement