अल्फाबिटाले एसईई दिएका विद्यार्थीहरु लक्षित शैक्षिक मेला गर्ने

Advertisement

काठमाडौं । अल्फाबिटा कन्सल्टेन्सीले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर ब्रिज कोर्स पोस्ट एसईई नामक मेला संचालन गर्ने भएको छ । मेला जुन १२ तारिक अर्थात जेठ २९ गते हुने भएको हो । 

बानेश्वर चोक नजिकै रहेको उक्त कन्सल्टेन्सीले शिक्षा विधामा केन्द्रित भएर उक्त मेला आयोजना गर्न लागेको हो ।

Advertisement

नेपालमा नाम चलेका एक वा दुई कन्सल्टेन्सीको मात्रै नाम लिदा अल्फाबिटाको नाम छुट्दैन । विगत लामो समयदेखि लोकप्रियता कमाउँदै आएको उक्त कन्सल्टेन्सीले दश कक्षा पास गरेका विद्यार्थीहरुलाई प्लस टु, ए लेवल, सीबीएसई र आईबीका लागि सहजिकरण गर्ने जनाएको छ । 

अल्फाबिटाले आयोजना गर्न लागेको उक्त शैक्षिक मेलाबाट विद्यार्थी तथा अभिभावकहरुले प्रत्यक्ष रुपमा विभिन्न कलेजका प्रिन्सिपल  र व्यवस्थापकहरुसँग भेट्न तथा सोधपुछ गर्न पाउँने छन् । विद्यार्थीहरुको क्यारियर विकासका लागि यस्ता कार्यक्रमले मद्दत पुर्याउने अल्फाबिटाले विश्वास व्यक्त गरेको छ ।  


 

 

Advertisement

Advertisement