अष्ट्रेलियाका पाँच वर्षीय बालकले गरे सगरमाथा आधार शिविरसम्म पदयात्रा

Advertisement

काठमाडौं । अष्ट्रेलियाका पाँच वर्षीय बालक एटलास्ट साउथलले सगरमाथा आधार शिविरसम्मको पदयात्रा गरेका छन् । उनले आफ्ना पिता बेन साउथलका साथ पदयात्रा गरी फर्किएका हुन् । 

गएको अप्रिल २९ मा लुक्लाबाट आधा बाटो आफै हिंँडेका साउथललाई आधा बाटो भने शेर्पा र उनका पिताले बोकेर मे ६ तारिखमा आधार शिविर पुगेको एट–के’ एक्सपेडिसनका हिमाल पथप्रदर्शक दोर्जे शेर्पाले बताए । 

Advertisement

उनले पाँच बर्षीय साउथलसँगै १२ वर्षका अर्का एक बालक पनि पदयात्रामा सहभागी भएको बताए । साउथलको बुबाको अष्टे«लियामा एडभेन्चर कम्पनी पनि रहेको शेर्पाले जानकारी दिए । साउथलका बुबा पहिला पनि दुई पटक नेपाल आइसकेको तर कोभिड महामारीपछि बुबा र छोरा पहिलो पटक नेपाल आएको शेर्पाले जानकारी दिए । 

उनले भने, ‘सानो बालबालिकाहरुलाई परिवारविना यसरी लैजान अल्ली गाह्रो हुन्छ । किनभने हामीसँग मान्दैन । साना बालबालिकालाई यस्ता साहसिक कार्यमा संलग्न गराउनु ठिक कुरा हो ।’ पदयात्रा गर्दैगर्दा साउथलले शेर्पाहरुको संस्कृति, खानाहरुको बारेमा धेरै बुझेको उनले बताए ।

पदयात्रा गर्दै गर्दा यो बच्चाले हामी शेर्पाहरुको संस्कृति, खानाबारे बुझाइएको थियो । साथै मःम पनि बनाउन सिकाइयो । सगरमाथा हेर्ने जो कोहीको पनि इच्छा हुन्छ । त्यस्तै यो पाँच वर्षको बच्चाको पनि इच्छा पूरा गर्न आफूसँगै लिएर आएको शेर्पाले बताए ।  

बालक एटलास्ट साउथलले गएको अप्रिल २९ तारिखदेखि यात्रा सुरु गरी मेको ६ तारिखमा सगरमाथा आधार शिविरमा पुगेका थिए । उनले ११ दिनमा सगरमाथा आधार शिविर पुगेर काठमाडौं १२औं दिनमा फकेका हुन् । 

बालक साउथलले स्टेशनरी सामग्रहीहरु खुम्जुङ स्कूलमा पनि सहयोग गरेको शेर्पाले जानकारी दिए । ठूला मान्छेहरु सगरमाथा आधार शिविर जाँदा कति बिरामी भए, हाइ लाग्यो । तर बच्चलाई केही पनि भएन । आधार शिविरबाट पनि हेलीमा नगएर लुक्लासम्म कतै हिडेका र कतै बोकेर लगिएको हो । 

अष्ट्रेलियामा उनका बुबाको अडभेन्चर कम्पनी छ ।  बुबासँग उनले राफ्टिङ, कायाकिंगहरु गर्ने, टे«किङ, टुर लगायत गर्दै आएका शेर्पाले भने । उनले भविष्यमा नेपाल भम्रण गरिरहे भने एक दिन पक्कै पनि सगरमाथाको आरोहण गर्न सक्छन् । 

 

Advertisement

Advertisement