बजेट इक्षापत्र मात्रै होइन्ः महत

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट इक्षापत्र मात्रै नभइ कार्यान्वयनमुखी रहेको दावी गरेका छन् । 

सोमवार प्रतिनिधि सभामा सांसदहरुले बजेटको विषयमा राखेका जिज्ञासाको उत्तर दिँदै उनले सरकारको चाहना बजेटको आकार ठूलो बनाउनु भए पनि सिमित स्रोत र साधन भएकाले त्यही अनुसार बजेट बनेको बताए । 

Advertisement

महतले सरकारले चाहना भएर मात्रै पनि काम गर्न नसक्ने भन्दै कसलाई बढी महत्व दिने भन्ने प्राथमिकताका आधारमा काम गर्नुपर्ने अवस्था रहेको बताए । महतले बजेटलाई एउटा सीमामा राखेर ल्याएको बताए । 

महतले भने, ‘सरकारको काम गर्ने इक्षा नभए काम गनै सकिँदैन । इक्षा केमा राख्ने हो इक्षा मात्रै राखेर भएन । इक्षालाई पनि यति गर्न सम्भव छ यति गर्न सम्भव छैन भनेर बजेटलाई एउटा सीमामा राखेका हौं । बजेटको ठूलो आकार बनाउने इक्षा थियो । जनताको सांसदहरुको यति ठूलो इक्षा थियो । माननियज्यूको कुरा सत्य हो । तर सिमित स्रोत र साधन धेरै छन् । त्यसलाई ठूलो बनाउन समय लाग्ने भयो । त्यसैले सरकारले इक्षालाई पनि हेरेर बजेट ल्याएको होइन । इक्षालाई हेरेर कार्यान्वयन गर्नसक्ने क्षमतालाई हेरेर बजेट आएको छ । यो बजेट इक्षापत्र मात्रै होइन । वैदेशिक अनुदान विधिसंगत रुपमा हुन्छ । काम गर्दै जाँदा माननीयज्यूले काम गर्दै जाँदा थाहा हुन्छ ।’

उनले समित स्रोत र साधन धेरै भएकाले बजेट ठूलो बनाउन समय लाग्ने बताए । महतले चाहनालाई हेरेर कार्यान्वयन गर्नसक्ने क्षमतालाई हेरेर बजेट आएको भन्दै वैदेशिक अनुदान विधिसंगत रुपमा आउने बताए । 

Advertisement