‘आदिपुरुष’को विवादित अंश भारतले नहटाएपछि भोलिदेखि काठमाडौंमा हिन्दी चल्न प्रतिवन्ध

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलि सोमबारदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेका छन् । 

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार भारतीय फिल्म ‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरभित्रका हलहरूमा सबै भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको हो ।

Advertisement

मेयर बालेन शाहले शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरेका मानन्धरले जानकारी दिए । 

उनले भने, ‘तीन दिन बितिसक्दा पनि भारतमा प्रदर्शन भइरहेको उक्त विवादित अंश फिल्मबाट हटाइएको छैन् । आज सबै हलहरूमा नगर प्रहरीहरूले भोलिदेखि भारतीय फिल्म प्रदर्शन नगर्न आग्रह गर्नेछ ।’

Advertisement