‘प्राधिकरणले नभएको नाफा देखाएर दुनियालाई झुक्कायो, विदेशी शक्ति केन्द्रको पछि लाग्यो’

Advertisement

काठमाडौं । आमजनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु शाहले नेपाल विद्युत प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताएका छन् । सोमबार संसदमा बोल्ने क्रममा उनले प्राधिकरण नेपाली जनताप्रति जवाफदेही नभएको बताएका हुन् । 

ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्टयाएको भए पनि कहाँ खर्च गर्ने ? स्पष्ट उल्लेख नभएको बताउँदै उनले रेडबुकमा स्पष्टसँग विद्युत प्राधिकरण अन्तर्गत हुने खर्चहरु नलेखिएको बताए । त्यसरी अपारदर्शी बन्नु पनि भ्रष्टाचार भएको शाहको तर्क छ । 

Advertisement

उनने भने, ‘विद्युत प्राधिकरण सरकार र नेपाली जनताप्रति उत्तरदायी छ वा विदेशी शक्ति केन्द्रप्रति जवाफदेही छ ? रेड बुकले के भन्छ भने विद्युत प्राधिकरण जनताप्रति जवाफदेही छैन् । सभामुखज्यूले त्यसलाई त फर्काइदिनुपर्ने हो । किनकी ऊर्जामा झन्डै ६० अर्ब रुपियाँजति पैसा छ । कुन कहाँ के क्रियाकलापमा कसरी खर्च गर्छ भन्ने छैन् । वैकल्पिक ऊर्जाको २० पाना ओगटेर झण्डै ४० पेजसम्म कुन–कुन पालिकामा कति–कति लाख भनेर छापेर जनतालाई झुक्याउने ? यति दुनियाँको इन्ट्रेस्ट भइरहेको ऊर्जा क्षेत्र सांसद जान्नै नहुने ? के छ भित्री कुरा किताव लेख्नै नहुने ?’ 

शाहले थपे, ‘शीर्षक अनुसार गतिविधि सांसदहरुले जान्नै नहुने हो ? कुन ठाउँमा विद्युत प्रशारण बढाउँदै हुनुहुन्छ ? कहाँ सबस्टेशन बढाउँदै हुनुहुन्छ ? के रेडबुकमा आउनै नहुने हो त्यो क्रियाकलापहरु । यसरी अपारदर्शिता भनेकै भ्रष्टाचार होइन ? बक्यौता रकमहरु किन उठाउन पहल भइराखेको छैन ? अन्तिम आर्थिक वर्षमा नाफामा देखाएर दुनियाँलाई झुक्याउने ? एकातिर ठूल्ठूला व्यापारिक घरानाहरुलाई सेवा गर्ने । अर्कोतिर गाउँमा मिटर जोड्नुहुन्छ, चेक पनि गर्न जानुहुन्न । समयमा लाइन पनि दिनुपर्दैन । तर दण्ड ठोकी हाल्नुपर्छ ।’ 

उनले प्राधिकरणले आफुलाई नाफामा देखाएर दुनियाँलाई झुक्याएको बताए । प्राधिकरणले व्यापारिक घरानाहरुलाई सेवा गरेको तर गाउँघरमा विद्युत प्रशारण गर्न नसकेको बताए । 

Advertisement