लेखापाल र कार्यालय सहयोगीलाई खरदारसरह सेवा सुविधा नदिएकोमा बर्तौलाको विरोध

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्ताैलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदार सरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । 

बुधबार प्रतिनिधिसभामा उनले सर्वोच्च अदालतको फैसला र आफैंले विगतमा गरेको सम्झौता अनुसार पनि उनीहरुको माग सम्बोधन गर्ने काममा सरकारले ढिलाई गर्न नहुने बताए । बर्तौलाले विद्यालय तहका कार्यालय सहयोगीले मासिक आठ हजार र लेखापालले १३ हजार पाँच सय मासिक तलव पाउने गरेको उल्लेख गर्दै यस्तो तलवले कसरी उनीहरुको गुजारा चल्न सक्छ ? भनी सरकारलाई प्र्र्र्र्रश्न गरे । 

Advertisement

सचेतक बर्तौलाले भने, ‘उहाँहरुले विगत लामो समयदेखि लेखापालले १३ हजार ५ सयमा मासिक रुपमा काम गरिरहनु भएको छ । कार्यालय सहयोगीले जम्मा ८ हजारमा काम गरिरहनु भएको छ । कल्पना गर्नोस् । आठ हजारमा एउटा कर्मचारीले उसका बच्चा हुन्छ । परिवार हुन्छ । आठ हजार तलवले के गर्छ ? १० हजार छ सय तलवले एउटा कर्मचारीले बालबच्चा, पठनपाठन, सामाजिक व्यवहार कसरी टार्न सक्छ ? यो कामलाई पूरा गर्न सरकारले सहमती पनि गरेको छ । न्यूनतम् तलव सुविधा उहाँहरुले खरदार सरहको माग गरेर आन्दोलन गरिरहनु भएको छ । सरकारले विगतमा पनि सो मागलाई पूरा गर्ने सम्झौंता गर्यो । सर्वोच्च अदालतबाट पनि उहाँहरुको पक्षमा आदेशहरु भए । तर कार्यान्वयन भएको छैन् ।’ 

उनले थपे, ‘म विनम्रताका साथ शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु– ती कर्मचारीहरु, जसले उठाएको माग न्यायोचित छन्, ती मागहरु पूरा गर्ने तर्फ यहाँको दृढताका साथ भूमिका रहोस् । पहलकदमी रहोस् । म यो माग गर्न चाहान्छु । उहाँहरुले उठाएको यो विषयमा म नेकपा एमालेको तर्फबाट, म एउटा जनप्रतिनिधि सांसदको तर्फबाट ऐक्यवद्धता जाहेर गर्दै छिटोभन्दा छिटो भएका सहमती र उठाएका मागलाई सम्बोधन गर्नका लागि आग्रह गर्न चाहन्छु । ’

सचेतक बर्ताैलाले विद्यालय तहका कर्मचारीको सो माग सम्बोधन गर्नका लागि तत्काल पहलकदमी लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको गम्भीर ध्यानाकर्षण समेत गराए । 

Advertisement

Advertisement