घिसिङले तीन पटकसम्म सम्झौता कार्यान्वयन नगरेको भन्दै कर्मचारीद्धारा निर्णायक आन्दोलन सुरु

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु निर्णायक आन्दोलनमा उत्रिएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङले पटक पटक सम्झौता गर्दै कार्यान्वयन चाहिँ नगरेको भन्दै सोमबारबाट उनीहरुले आन्दोलन सुरु गरेका हुन् । 

प्राधिकरणको आधिकारिक युनियनसहित सबै युनियनको आव्हानमा आज कर्मचारीहरु धर्नामा बसे । सयौंको संख्यामा रहेका दैनिक ज्यालादारी कर्मचारीलाई मासिक ज्यालादारी गर्ने, स्थायी कर्मचारीहरुलाई दिनुपर्ने ५२ महिनाको सेवा सुविधा नदिएको लगायतका विषय उठाउँदै कर्मचारीहरु आन्दोलित भएका हुन् । 

Advertisement

प्राधिकरणमै क्रियाशील एक युनियनकी नेतृले यसअघि कर्मचारीहरु विरोधमा उत्रिएपछि तीन पटकसम्म सम्झौता गरेर पनि व्यवस्थापनले त्यसको कार्यान्वयन नगरेकोले बाध्य भएर निर्णायक आन्दोलनमा उत्रिनु परेको भन्दै माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताइन् । 

पछिल्लो समयमा प्राधिकरणको आर्थिक अवस्था धरासायी बन्दै गएको छ । ट्रंकलाइनको विवादित महशुललाई यसअघि नै प्राधिकरणले आम्दानीमा देखाइसके पनि उद्योगीहरुले सो महशुल अवैध भएकाले आफूहरुले तिर्न नसक्ने अडान लिँदै आएका छन् । आर्थिक मन्दीका कारण ग्राहस्थतर्फका उपभोक्ताले पनि निर्वाधरुपमा महशुल तिर्न सकेका छैनन् । 

सहुलियतको विजुली उपलब्ध गराएवापत सरकारले दिनुपर्ने अर्बौं रुपियाँ पनि राजश्व लक्ष्यअनुसार नउठेका कारण सरकारले दिन सकेको छैन् । स्थानीय निकायले महशुल नतिरेको भन्दै प्राधिकरणले यही बेला सडक बत्ताको लाइन पनि काट्दै आएको छ । प्राधिकरणभित्र भ्रष्टाचार र बेथिति बढ्दै गएको समाचारहरु समेत आउँदा कार्यकारी निर्देशक घिसिङ नैतिक संकटमा परेका छन् । 

यो पनि पढ्नुहोस्ः

प्राधिकरणको सामान आपूर्तिमा ‘तेण्डेल’मार्फत एकाधिकार बढाउँदै घिसिङका चार भाई

Advertisement

Advertisement