काठमाडौंका फिल्म हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अन्तरिम आदेश

Advertisement

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

हल सञ्चालकहरुको संस्था नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न यस्तो आदेश जारी गरेको हो ।

Advertisement

अदालतले यो विषयमा अन्तरिम आदेशका लागि असार १२ मा दुबै पक्षलाई छलफल गर्न बोलाएको छ । भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने संवाद भारतीय पक्षले नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । 

बालेनको उक्त निर्णयको चौतर्फी स्वागत भए पनि प्रभावित केहीले भने विरोध जनाएका थिए । 

Advertisement