भरतपुर महानगरले ल्यायो रु. छ अर्ब ३१ करोडको बजेट, स्मार्ट शौचालयहरु बनाइने

Advertisement

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि छ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपियाँको बजेट सार्वजनिक गरेको छ । 

बजेट महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेका थिए । बजेटको स्रोतहरुमध्ये आन्तरिक आयबाट एक अर्ब ७५ करोड, माथिल्लो सरकारहरुबाट प्राप्त अनुदान एक अर्ब ८३ करोड ९९ लाख ७५ हजार रुपियाँ, राजश्व बाडफाँटबाट ५४ करोड ८० लाख रुपियाँ, जनसहभागिताबाट ५० करोड रुपियाँ, बैंक मौज्दात एक अर्ब ६५ करोड रुपियाँ, सडक बोर्डबाट आउने तीन करोड रुपियाँ रहेको छ ।

Advertisement

नगर क्षेत्रका कुल २९ वडालाई दुई करोड ७५ लाख रुपियाँका दरले बजेट विनियोजन गरेको भरतपुरले भुक्तानी दिन बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्काका योजनाहरुका लागि एक अर्ब ६५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

महानगरले ‘मध्य नेपालको सुन्दर शहरः समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने मूल नारा दिएर बजेट ल्याएको छ । भरतपुर महानगरले स्मार्ट शौचालयहरु निर्माण गर्ने, हरियालीसहितको नमुना सडक निर्माण जस्ता योजना अघि सारेको छ । 

Advertisement