विदेशमा अलपत्र परेका कामदारलाई विशेष आश्रयस्थलको व्यवस्था मिलाइएको छः श्रममन्त्री

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारहरुका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रय स्थलको व्यवस्था गरिएको बताएका छन् । 

सोमबार संसदमा बोल्दै उनले उनले वैदेशिक रोजगारका लागि सबै प्रकारका श्रम स्वीकृति दिने व्यवस्था श्रम तथा रोजगार कार्यालयहरुबाट मिलाइएको जानकारी समेत दिए । भण्डारीले नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यलाई बेलायत पठाउने समझदारी अनुसार त्यसको छनौट प्रक्रियालाई अघि बढाइएको पनि बताए । 

Advertisement

उनले भने, ‘विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गरी तत्काल आश्रय प्रदान गर्न ओमान, कुवेत, साउदी अरेविया र बहराईनमा विशेष आश्रय स्थलहरुको व्यवस्था गरिएको छ । श्रम तथा रोजगार कार्यालयहरुमार्फत् बैदेशिक रोजगारीका लागि सबै प्रकारका श्रम स्वीकृति हुने व्यवस्था गरिएको छ । नेपाल सरकार र बेलायत सरकारबीच सम्पन्न श्रम समझदारी अनुसार बेलायतमा नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यहरुलाई पठाउने सम्बन्धि छनौट कार्यलाई व्यवस्थित र प्रभावकारी रुपमा अगाडि समझदारको कार्यान्वयन ढाँचा मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ ।’

मन्त्री भण्डारीले बैदेशिक रोजगारमा रहेकाहरुलाई त्यहाँस्थित नेपाली नियोगबाट श्रम स्वीकृति नवीकरण गर्न सक्ने व्यवस्था पनि गरिएको बताए । 

Advertisement