धेरै आम्दानी गर्नेहरुलाई कर लगाएका हौं, यो बर्ष राजश्व बढ्छः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्याउने गरी ल्याइएको दावी गरेका छन् । 

शुक्रबार राष्ट्रियसभाको बैठकमा उनले धेरै आम्दानी गर्नेहरुलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको उल्लेख गर्दै त्यसमा पनि असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ नरहेको पटक पटक दोहोर्याए । 

Advertisement

शब्दजालको कुरा भन्दा पनि आर्थिक वृद्धिको कुरालाई ध्यान दिएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको महतको भनाई थियो । उनले भने, ‘समाजवाद उन्मुख कुरा धेरै पटक आईसक्यो । खाली शब्दले मात्रै केही हुँदैन हेर्नुस् । मूल कुरो अब हामी शब्द जे पनि राख्न सक्छौं । तर त्यसको मर्मको कुरा गर्ने हो भने आर्थिक वृद्धि गर्ने र आर्थिक वृद्धिको पहुँच आम नागरिकलाई पुर्याउने नै यो बजेटको लक्ष्य हो ।’ 

महतले थपे, ‘करको जुन हामीले व्यवस्था गरेका छौं, यसले चाँही जो धेरै आम्दानी गर्छ, उनीहरु करको दायरामा आईराख्या छैनन् । उनीहरुलाई करको दायरामा ल्याउने काम गरिएको छ । हामी कुरा गर्छौ प्रोग्रेसिप हुनुपर्यो । तर भन्दा उनीहरुलाई बेखुशी बनाउने बजेट ल्यायो । यसलाई ठिक ढंगले बुझिदिन म आग्रह गर्न चाहन्छु ।’

उनले आगामी आर्थिक वर्षमा राजश्व बढ्ने दावी समेत गरे । महतले राजश्व बढ्छ भन्ने अपेक्षाका साथ योजनाहरु बजेटमा उल्लेख गरिएको पनि महतले बताए । 

Advertisement