सुनचाँदी विलासिताको वस्तु होइनः शाक्य, हो, त्यही भएर कर बढाएकोः मरासिनी

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी विलासिताको वस्तु नभएको आफूहरुको पूरानो अडान दोहोर्याएका छन् । 

मंगलवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा उनले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमा सुनचाँदीलाई विलासिताका वस्तुमा समावेश गराएकोप्रति आपत्ति पनि जनाए । 

Advertisement

सुन चाँदी विलासिताको वस्तु नभएको बताउँदै शाक्यले सरकारले बजेटमार्फत सुनचाँदीलाई विलासिताको वस्तुमा राखेर कर बढाउनु जाहेज नभइको बताए । बजेट नियन्त्रणमुखी र विभेदकारी भएको पनि उनले बताए । उनले बजेटमा सुनचाँदी कारोबार सम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गर्दै नयाँ र अव्यवहारिक नीति समावेश भएको बताए । 

अध्यक्ष शाक्यले बजेटले सुनचाँदीको आयातमा लाग्ने भन्सार दरमा ५० प्रतिशत वृद्धि गरेर व्यवसायमा थप २ प्रतिशत विलासिता कर समेत लगाउने घोषणा खारेज हुनुपर्ने बताए । उनले बजेटले गरेको यो व्यवस्थाले सुनचाँदी व्यवसायलाई नियन्त्रण र समग्र सुनचाँदी व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत चर्को मार पर्ने बताए । 

शाक्यले नेपालमा भन्दा अन्य देशमा प्रति तोला सुन १५ हजारभन्दा कम मूल्यमा पाइने भएकोले त्यसको सिधा असर नेपालमा देखिने भन्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्ने क्षमता घट्ने बताए । उनले सवारी साधनहरुसँग तुलना गर्दा सुनचाँदीका गहरगहनाहरु २० लाखको बनाउँदा पनि २० वर्षपछि दुई लाखको गहना २० लाखको भइराख्ने भएकाले विलासिता वस्तु नभएको बताए । 

हालसम्म विदेशमा बस्ने नेपालीहरुले विभिन्न माध्यमबाट नेपालमा बनेका सुनका गरगहना लैजाने गरेकोमा अब त्यो अवस्थाको पनि अन्त्य भएको बताउँदै शाक्यले सरकार उक्त व्यवस्था खारेज नगरे दुई लाख मानिसको रोजगार गुम्ने र २५ हजार व्यवसायी पलायन हुनसक्ने चेतावनी दिए । 

यता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालका सचिव मधुकुमार मरासिनीले सरकारले सुनचाँदी विलासिताको वस्तु भएकाले करमा वृद्धि गरिएको दाबी गरे । उनले सुनचाँदीका वस्तुहरु विलासिताको वस्तु भनेर सरकारले कर वृद्धि गरेको बताउँदै व्यवसायीहरुले विलासिताको वस्तु होइन भने पनि धेरै लगानी गर्नुपर्ने भएकाले दुई प्रतिशत थप विलासिताको कर समेत लगाएको बताए । 

मरासिनीले गत वर्ष मुलुकको विदेशी मुद्रा सञ्चितिमा परेको प्रभावको कारण सुनचाँदी आयातमा कोटा प्राणाली लगाएको बताए । उनले १० लाखको सुन किनेर २० लाख बनाउनु भन्दा १० लाख अन्य ठाउँमा लगानी गर्दा केहीले रोजगारी समेत सिर्जना हुने बताए । 

मरासिनीले सरकारले हेर्दा सुनचाँदी वस्तु धेरै आयात हुने वस्तुमा परेकाले गत वर्ष सुन आयातमा कोटा सिस्टम लागू भएको बताए । उनले सुनचाँदी कुनै सिटामोल खाए जस्तो नभएको बताए । सिटमोल जस्तो खानै र लगाउनै पर्छ भन्ने सुनचाँदीमा नभएको मरासिनीको तर्क छ । 

Advertisement

Advertisement