एनआरएनए अष्ट्रेलियाको चुनावी राजनीतिमा कांग्रेस र कम्युनिष्ट अगाडि, कांग्रेसकै दुई प्यानल

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नेतृत्व गर्न तीन वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । यस पटक पनि विगतमा जस्तै नेपालका ठूला दलसँग निकट समूहहरु प्यानल बनाएर अगाडि सरेका हुन् । 

एनआरएनए अष्ट्रेलियाको अध्यक्षका लागि कांग्रेसबाट दुई वटा प्यानल र नेकपा एमालेबाट एउटा प्यानल खडा भएको छ । कांग्रेसको शेरबहादुर देउवा समूहबाट डिला खरेलले नेतृत्व गरेको समूह छ भने गगन थापा समूहबाट अनिल पोखरेल समूहले नेतृत्व गरेको समूह छ । एमालेबाट भने देव गुरुङले नेतृत्व गरेको समूह छ । 

Advertisement

अष्ट्रेलियाका विभिन्न स्टेटमध्ये अधिकांशमा सर्वसम्मत नेतृत्व चयन भए पनि दुई वटामा भने चुनाव हुने देखिएको छ । राष्ट्रिय समन्वय समितिमा भने त्रिपक्षीय प्रतिस्पर्धाको संभावना कायमै रहेको छ । 

अष्ट्रेलियामा लामो समयदेखि बन्दै आएका र एनआरएनरु अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य बन्ने तयारीमा लागेका डा. भरत पौडेलले यस पटकको चुनावमा प्रतिस्पर्धा कडै हुने देखिएकोले कस्ले बाजी मार्छ ? अहिले नै भन्न नसकिने बताए । 

चुनाव यही आउँदो जुलाई २९ मा हुँदैछ । चुनाव नजिकिएसँगै आफ्नो पक्षमा समर्थन जुटाउन कांग्रेस र एमाले समर्थक प्यानलहरुहरु लागेका छन् । अध्यक्षका प्रत्यासी खरेल यसअघि एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष थिए । गुरुङ एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष हुन् । युवा उम्मेदवारका रुपमा पोखरेल अघि सरेका छन् । 

Advertisement