एनआरएनए बद्री केसी समूहले तोक्यो विभागीय जिम्मेवारी, आरके समूह सेलाउँदै गयो

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बद्री केसी समूहको प्रवक्तामा फणिन्द्र पन्त मनोनयन भएका छन् । 

केसी समूहको बैठकले पन्तलाई आगामी दुई वर्षको लागि प्रवक्ता मनोनयन गर्ने निर्णय गरेको मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ । 

Advertisement

समे समूहले विभिन्न पदाधिकारीहरुलाई विभागीय जिम्मेवारी समेत तोकेको छ । जसअन्तर्गत १०० मिलियन तथा मेघा परियोजनाको प्रमुखमा बद्री केसी, सदस्य सचिवमा टीका गुरुङ, संगठन तथा प्रशासन प्रमुखमा गौरीराज जोशी र सदस्य सचिवमा प्रविण गुरुङ तथा सोम सापकोटालाई जिम्मेवारी तोकिएको छ  ।

लगानी विभाग प्रमुखमा केशव पौडेल र सदस्य सचिवमा पारसमणी पोखरेल, आर्थिक विभाग प्रमुखमा सुदन थापा र सदस्य सचिवमा अभिमन्यू बस्नेत, कृष्णप्रसाद तिमल्सिना, तिलकप्रसाद गैरे र अमृता थापालाई जिम्मेवारी तोकिएको छ । समूहको परोपकार विभागमा हेमराज शर्मा र सदस्य सचिवमा नवराज रोस्यारा तोकिएका छन् ।

त्यस्तै, महिला विभाग प्रमुखमा उपाध्यक्ष रोजिना प्रधान राई, सदस्य सचिवमा अनुजा प्रधान र युवा विभागको प्रमुखमा रोशन थापा, सदस्यसचिवमा सुपेन्द्र घिसिङलाई जिम्मेवारी तोकिएको छ ।

यस्तै नेपाल प्रर्वधन विभागको प्रमुखमा रोबिन शेरचन, सदस्य सचिवमा भीमकमल केसी, वैदेशिक रोजगार विभागको प्रमुखमा राज रेग्मी, सदस्य सचिवमा मनोज गोर्खाली, सामाजिक कल्याण विभाग प्रमुखमा रामशरण सिम्खडा, सदस्य सचिवमा स्वतन्त्र प्रताप, सीप तथा प्रविधि विभागीय प्रमुखमा विनोद श्रेष्ठ, सदस्य सचिवमा ज्ञानेन्द्र रेग्मीलाई जिम्मेवारी तोकिएको छ ।

यस्तै ११ औँ महाधिवेशनमा भएको निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने क्रममा देखापरेको समस्याको छानबिन गर्न अन्तर्राष्ट्रिय अडिट कम्पनीलाई जिम्मेवारी दिने निर्णय भएको सो समूहले जनाएको छ । गएको निर्वाचनमा अध्यक्षका प्रत्यासीद्धय आरके शर्मा र महेश श्रेष्ठलाई  छानबिनमा सहयोग गर्न पुनः पत्राचार गर्ने निर्णय गरिएको पनि जनाइएको छ । 

संघको नाम र लोगो अनधिकृत रुपमा प्रयोग गर्दै आएका विभिन्न समूहलाई कानूनको दायराभित्र ल्याएर समस्याको समाधान खोज्ने निर्णय  समेत भएको केसी समूहले आरके समूहलाई सचेत पनि गराएको छ ।  

यता विद्युतीय निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै संघ विभाजन गरी समानान्तर समिति बनाएको आरके समूह भने दिनप्रतिदिन सेलाउँदै गएको छ । सो समूहले आफ्नो गतिविधि कम गर्न थालेको छ । आफू नै आधिकारिक समूह भएको दावी गर्दै आएको आरके समूहका गतिविधि हुन छोडेको देखिएको छ । 

Advertisement

Advertisement