छात्राहरुलाई गुणस्तरहीन सेनिटरी प्याड वितरण नगर्न महानगरको निर्देशन

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्राहरुलाई गुणस्तरहीन सेनिटरी प्याड वितरण नगर्न निर्देशन दिएको छ । 

महानगर आफैले सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्दै आएकोमा कम गुणस्तरको प्याडहरु खरिद बिक्री नगर्न विद्यालयहरुलाई निर्देशन दिएको हो । 

Advertisement

विद्यालयहरुमा छात्राका लागि खरिद गरिएका सेनिटरी प्याड न्यून गुणस्तरको, समय गुज्रिएको गुनासो आउन थालेपछि महानगरपालिकाको शिक्षा विभागले सार्वजनिकरुपमा यस्तो निर्देशन दिएको हो । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रलयबाट सेनिटरी प्याड (वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६ ले तोकेको गुणस्तर सुनिश्चित हुनेगरी सेनिटरी प्याड खरिद गरी छात्रालाई वितरण  गर्नुपर्ने महानगरको भनाई छ । 

Advertisement

Advertisement