स्तन क्यान्सर सचेतना र महिला सशक्तिकरण प्रोत्साहित गर्दै काठमाडौं पिङक केयरएथन सम्पन्न

Advertisement

काठमाडौं । लिजर पोर्ट नेपाल प्रालिले नेपाल प्रहरी पत्नी संघसँगको सहकार्यमा महाराजगञ्ज प्रहरी प्रधान कार्यालयमा काठमाडौं पिङक केयरएथन सफलतापूर्वक सम्पन्न गरेको छ ।

यस कार्यक्रमले सबै उमेर समूहका सहभागीहरूबीच स्फूर्तिदायी गतिविधिहरूमार्फत महिला स्वास्थ्य र सशक्तिकरणको लागि आफ्नो आवाज उठाएको आयोजकको भनाई छ । 

Advertisement

कार्यक्रम जुम्बा सत्रसँग सुरु भई, वाक र रनमा अघि बढेको थियो । तीन किलोमिटर, पाँच किलोमिटर, र १० किलोमिटरको दूरीमा राखिएको यात्राले विभिन्न फिटनेस स्तरका सहभागीहरूलाई समावेश गर्दै र उत्साह सुनिश्चित गरेको थियो ।

यस अवसरलाई सम्मान गर्दै भारतीय अभिनेता र मोडल जय भानुशालीले काठमाडौं पिंक केयर एथनको २०२४ संस्करणको सञ्चालन गरेका थिए । 

प्रत्येक सहभागीले टीसर्ट र  फिनिशर पदक प्राप्त गरेको भन्दै लिजर पोर्टले प्रत्येक विधामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई पुरस्कार पनि दिइएको जानकारी दिएको छ । 

दौड समापन गर्ने पहिलो पाँच सहभागीहरुले पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै, भाग्यशाली सहभागीले प्रशंसाको रूपमा उपहार प्राप्त गरे ।

काठमाडौं पिंक केयरएथनले स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा र समग्र जीवनशैलीका लागि प्रतिबद्धता व्यक्त गर्छ । सन् २०१७ मा यसको स्थापना भएदेखि वार्षिक कार्यक्रम महिलाहरुको जीवनशैलीमा परिवर्तन ल्याउने माध्यम बनेको छ । 

यसले व्यक्ति र समुदायलाई स्वस्थ र सक्रिय जीवनशैली अँगाल्न प्रेरणा प्रदान गर्ने लिजर पोर्टको भनाई छ । विश्वव्यापी रूपमा कोभिड १९ महामारीले यसका भेलाहरूलाई अस्थायी रूपमा रोक लगाए पनि साझेदारहरू, ब्रान्ड एम्बेसेडरहरू, विज्ञहरु, र विभिन्न क्षेत्रका प्रभावकारहरूको सहकार्यमा पिङक केयरएथनको अभियान जारी रहेको छ । 

काठमाडौं पिङक केयरएथन स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा, र शारीरिक, मानसिक, बौद्धिक, तथा आध्यात्मिक विकास र सशक्तिकरणको लागि आत्महेरचाह प्रवर्द्धन गर्ने कार्यक्रमहरूको श्रृंखला हो ।
undefinedundefinedundefinedundefined

Advertisement