काठमाडौं महानगरमा छात्रवृत्तिका लागि २४४३ विद्यार्थीको आवेदन, १४२० मात्रै स्वीकृत

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को लागि आव्हान गरेको अनलाइन छात्रवृत्ति आवेदनमा दुई हजार ४४३ जनाले आवेदन दिएकोमा एक हजार ४२० जनाको मात्रै स्वीकृत भएको छ । 

महानगरले असार २८ देखि साउन ८ गतेसम्म समय दिएर आव्हान गरेको अनलाइन आवेदनमा सबैभन्दा सबैभन्दा धेरै आवेदक विज्ञान विषयका छात्र एक हजार २०६ जना र छात्रा ५२९ जना छन् । 

Advertisement

त्यस्तै, व्यवस्थापन विषयका छात्रको संख्या ३४९ जना र छात्रा २१० छन् भने प्राविधिक विषयका लागि ४९ जना छात्र र ४८ जना छात्रा छन् । कानुन विषयका लागि २३ जना छात्रा र १६ जना छात्र,  शिक्षामा पाँच जना छात्रा र चार जना छात्र, मानविकीमा सबैभन्दा न्यून दुई जना छात्र र दुई जना छात्राको आवेदन परेको छ ।

महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले साउन दोस्रो हप्तासम्म कुन उच्च माध्यमिक विद्यालयमा कति संख्यामा छात्रवृत्ति प्राप्त भयो ? साउन १२ गते सार्वजनिक गर्ने बताए ।

विद्यालयहरुबाट चारित्रिक प्रमाण पत्र आउन ढिलाइ हुने गुनासो आएकाले चारित्रिक प्रमाण पत्र विना पनि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको उनले बताए । 

विद्यार्थीहरुले छात्रवृत्ति आवेदन दर्ता साउन १२ गते राती १२ बजेसम्म गराउन मिल्ले व्यवस्था गरिएको छ ।

Advertisement