अष्ट्रेलियाबाट एनआरएनए आईसीसी सदस्यमा पौडेलले किन दिए उम्मेदवारी ?

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको भोलि शनिबार हुन गइरहेको निर्वाचनमा डा. भरतराज पौडेलले एआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी) सदस्यका लागि आफ्नो प्रचारप्रसार गरिरहेका छन् । 

अष्ट्रेलियामा झण्डै डेढ दशक बिताउँदै अध्ययन र अहिले अध्यापन पेशामा सक्रिय उनले आफ्नो जित सहज रहेको बताउँछन् । पौडेलले मतदातासमक्ष १३ बुँदे प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् । उनी भन्छन्, ‘एनआरएन अष्ट्रेलियाको तर्फबाट आईसीसीमा जान मैले पनि उम्मेदबारी दिएको छु । भेटघाट, छलफल, कुराकानीमा सबैबाट सकारात्मक जवाफ आएको छ । प्रोत्साहन पनि पाएको छु । प्रचारप्रसारमा सहयोग पनि पाएको छु ।’ 

Advertisement

यस्ता छन् पौडेलका प्रतिवद्धताः 
१. नेपाल र प्रबासी नेपाली बसेको देशबीच कुटनीतिक सम्बन्ध बलियो बनाउन हुने सबै पहलकदमीमा सहभागी हुने।
२. प्रबासी नेपालीको आर्थिक सामर्थ्य नेपालको हितमा लगाईने कुनै पनि प्रयासमा सकारात्मक भूमिका खेल्ने।
३. एनआरएन नागरिकताको सफलतासँगै दोहोरो नागरिकताको पहलकदमीमा कर्मभूमि र जन्मभूमि दुबैतर्फबाट हुने लबिङमा लाग्ने।
४. नेपालीको सीप र ज्ञानलाई प्रबासबाट कसरी मातृभूमिमा ट्रान्सफर गर्ने ? भन्नेतर्फ हाल भईरहेका प्रयासलाई तीब्र पार्न सघाउने ।
५. नेपालमा बिज्ञान प्रबिधि र नवप्रबर्द्वन र बिकास आधुनिकीकरण, औधोगिकीकरण, लगायतका बिषयमा हुने ठूला ठूला बैज्ञानिक सम्मेलन, लगानी डिस्कोर्स र बिकासे बहस र पहलकदमीमा आफ्नो प्रस्तुती र अबधारणासँगै नीतिगत छलफलमा सहभागीता जनाउन प्रयास गर्ने ।
६. नेपाल साइन्स फाउन्डेसन, राष्ट्रिय आबिस्कार केन्द्र नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालयहरू लगायतका अध्ययन अनुसन्धान केन्द्रहरूको भूमिका र योजनाको प्रबर्द्धनमा सामेल हुने।
७. अष्ट्रेलिया लगायतका प्रबासी नेपालीहरू धेरै भएको देशका नेपालीहरूबीच भाइचारा सद्भावना अभिबृद्धिमा सहयोगी हुँदै नेपाली कला संस्कृति साहित्य प्राज्ञिक उन्नयनमा सक्दो भूमिका खेल्ने । नेपाल चिनाउने कुनै बिषय ब्यक्ति वा धरोहर लगायतको प्रबर्द्धनमा भूमिका खेल्ने।
८. आगामी दुई बर्ष भित्र हामीले २०२१ मा सम्पन्न गरेको प्रकोप तथा प्याण्डेमिक सम्मेलन जस्तै प्रकोप ब्यबस्थापन र पोस्ट प्याण्डेमिक बिषयमै क्षेत्रीय सम्मेलन अष्ट्रेलियामै गर्न प्रस्ताव गर्ने वा बिश्व सम्मेलन आयोजना गराउन सक्रिय भूमिका खेल्ने ।
९. नेपालमा लगानी भित्र्याउन गरिने कुनै पनि पहलकदमीको पक्षमा जमेर पैरबी गर्ने।
१०. ईमर्जेन्सी÷कम्युनिकेशन मिडिया ब्यबस्थापन लगायतका गतिबिधिमा एनआरएनको ध्यानाकर्षण गराउने । आईपरेको जिम्मेवारी लिने । स्कलर्ली योगदान पनि गर्ने ।
११. अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिक कामदार लगायत सबै खाले आप्रबासीहरूलाई हित हुने कार्यक्रम र पहलकदमीको पक्षमा आवाज उठाउने, सघाउने । आईएलओ आईओएम, राष्ट्रसँघ लगायतका अन्तर्राष्ट्रिय प्रतिष्ठित सँघसँस्थासँग हुने सहकार्यको वकालत गर्ने । अध्ययन अनुसन्धानमा सहभागिताको प्रयास गर्ने। 
१२. नेपालको राष्ट्रियताको राष्ट्रिय हितको राष्ट्रिय गौरब राष्ट्रिय अभियान परियोजना पहलकदमीको सम्बर्द्धन र प्रबर्द्धन एबम हितमा आवाज उठाउने ।
१३. सबै खाले ईन्टिग्रेटेड एप्रोचमा एनआरएन आईसिसीको निती र निर्णय अनुसार योगदान दिन तत्पर रहने।

Advertisement

Advertisement