व्यवसायीहरुको संगठन निर्माण किन् ?

Advertisement

पदम भण्डारी 
व्यवसायीहरुको संगठन भन्नाले व्यापार व्यवसायमा संग्लग्न दुई वा दुईभन्दा बढी व्यक्तिहरु मिलेर बनेको सामाजिक संस्थाको रुपमा बुझिन्छ जो सामूहिक उद्देश्यको लागि लक्षित विशिष्ट बाह्य वातावरणमा समन्वयात्मक तवरले काम गर्दछन् । यसले कार्यहरुको विभाजन र जिम्मेवारीहरुको बाँडफाँड समावेश गर्दछ । बजार प्रणालीको विकासमा नीति नियमहरुको तर्जुमा गर्न र व्यवसायीहरुको भूमिका प्रभावकारी रुपमा बढाउनको लागि व्यवसायीहरुको संगठन ९द्यगकष्लभकक ःझदभचकजष्उ इचनबलष्शबतष्यलक – द्यःइक० निर्माण जरुरी छ । 

व्यवसायीहरुको संगठन निर्माण कसरी गर्ने भन्ने निश्चित मापदण्डहरु एवं नियमहरु हुन्छन् । ती मापदण्डहरु एवं नियमहरु बुझ्न र काम गर्न व्यवसायीहरुको संगठनसँग बजार प्रणालीहरुमा उनीहरुको दुई प्रकारका भूमिका हुन्छ । पहिलो, स्पष्ट रुपमा प्राकृतिक बजार विकास उद्देश्य र फराकिलो बजार विकास कार्यमा व्यापार सीपहरु अभिवृद्धि गरि व्यवसायको प्रतिनिधित्व गर्ने संस्थाहरुको रुपमा भूमिका हुन्छ भने दोश्रो व्यवसायीहरुको संगठनहरुसँग व्यवसायमा धेरै अनुभव मिश्रित छ र यस अनुभवबाट उपयुक्त पाठहरु सिक्नुपर्छ । 

Advertisement

व्यवसायीहरुको संगठन किन चाहिन्छ र यसले कसरी काम गर्छ भन्ने कुरा बुझ्न जरुरी छ । बजार प्रणालीमा लागि व्यवसायीहरुको संगठनहरुले खेल्नसक्ने सम्भावित भूमिकाहरुको बारेमा बुझ्नुपर्छ । यसले बजारको हालको स्थिति र यसमा असर पार्ने अवरोधहरुको मूल्याङ्कन गर्न सहयोग पुर्याउँछ । व्यवसायीहरुबाट प्राप्त अनुभवहरुलाई मुख्य सिद्धान्तको रुपमा लिई ऐन नीति नियमहरु बनाउनुपर्छ । ती ऐन नीति नियमहरुको सफल प्रयोगको लागि व्यवसायीहरुको संगठनको मूख्य भूमिका हुन्छ । व्यवसायीहरुको भूमिका तिनीहरुले कसरी बजार विकासको लागि काम गर्छन् (अन्य तरिकाले होइन्) भन्ने कुरामा निहीत छ । बजार प्रणालीमा मूख्य अवरोधहरु पहिचान गर्नुपर्छ जुन व्यवसायीहरुको संगठन र तिनीहरुको संलग्नता सतही किसिमले होइन् तिनीहरुको ज्ञानमा आधारित हुनुपर्छ ।  

बजार प्रणालीको विकासका लागि सम्भावित क्षेत्रहरु पहिचान गर्नुपर्छ जहाँ ब्यवसायीहरुको संगठनले भूमिका खेल्न सक्षम हुन्छन् । सम्भावित क्षेत्रहरु पहिचान गर्न त्यस्तो कुनै निश्चित खाका छैन, सामान्यतया ब्यवसायीहरुको संगठनको भूमिकाहरु र तिनीहरुको क्षमतासँग सम्बन्धित हुन्छ, त्यस्तो कुनै निश्चित खाका छैन । ब्यवसायीहरुको संगठनको मूख्य काम भनेको आफ्ना सदस्यहरुको प्रतिनिधित्व गर्ने, सरोकारवालाहरुसँग कुराकानी गर्ने, प्रवृत्ति, सम्बन्ध, नयाँ विचार र अवसरहरुमा जानकारी राख्ने हो । 

बजार विकास प्रणालीमा व्यवसायीहरुको संगठनको लागि सम्भावित भूमिकाहरु तिनीहरुको क्षमता र सन्दर्भको आधारमा अन्य भूमिकाहरु पनि खेल्नुपर्नेहुन्छ । उदाहरणका लागि समन्वय जुन एक रणनीतिक भूमिका जसमा प्रमुख बजारकर्ताहरुको निगरानी र सम्बन्ध आवश्यक हुन्छ । त्यस्तै बजार विकास प्रणालीका लागि मानक सेटिङ र प्रवर्तन (जस्तै उद्योग आचार संहिता) निर्माण तथा नयाँ विचारहरुलाई प्रायोजन गर्दै नयाँ प्रविधि तथा उत्पादन विकासलाई व्यवहारमा ल्याउनुपर्छ । 

व्यवसायीहरुको संगठनको अर्को महत्वपूर्ण काम भनेको प्रत्यायोजित सरकारी कार्यहरु जस्तै निर्यात प्रमाणीकरण गर्नु हो । यो भनेको व्यवसायीहरुको संगठनलाई उपयुक्त भूमिका खेल्न अनुमति दिनु पनि हो । व्यवसायीहरुको संगठनहरुको विकासलाई प्रोत्साहन दिनुपर्छ तर उनीहरुको क्षमताभन्दा बाहिरको अनुपयुक्त भूमिकामा प्रलोभन दिनु हुँदैन। त्यसका लागि ब्यवसायीहरुको संगठनको संलग्नताको नियमहरु बनाउने र त्यसको पालना गर्नुपर्छ ।  

व्यवसायीहरुको संगठनहरुसँग काम गर्दा तिनीहरुले वास्तविक साझा हित प्रतिनिधित्व गरिरहेका छन् कि संकिर्ण निहीत स्वार्थको रक्षा गरिरहेका छन् ? सुनिश्चित गर्नु जरुरी छ । व्यवसायीहरुको संगठनहरु कुनै राजनीतिक दलका भातृ संगठन जस्ता हुनु हुँदैन ।  

व्यवसायीहरुको संगठनमा निजी र सार्वजनिक हित बीचको सन्तुलन स्वीकार्य छ कि छैन् ? भनी जाँच गर्नु जरुरी छ । व्यवसायीहरुको संगठनको विकासको लागि प्रोत्साहनहरु बुझ्नु महत्त्वपूर्ण हुन्छ । व्यवसायीहरुको संगठनको नेतृत्व सामान्यतया व्यवसायीहरुको हक हित र सार्वजनिक लक्ष्यहरुद्वारा संचालित हुनुपर्छ । 

व्यवसायीहरुको संगठनको क्षमता र तिनीहरुले खेल्ने भूमिकाको सम्भावना त्यहाँ संग्लग्न मूख्य नेतृत्वकर्ताहरुको क्षमता, योग्यता र प्रेरणाले आकार दिन्छ । यसको अलावा यदि नेतृत्व कमजोर छ भने व्यवसायीहरुको संगठनको क्षमता र तिनीहरुले खेल्ने भूमिकाको बारेमा पनि प्रश्न उठ्छ । त्यसैले प्रमुख व्यक्तिहरुको वरिपरि रहेर सामूहिक निर्णय गर्ने परिपाटीको विकास हुनुपर्छ । यसले त्यहाँको नेतृत्व सहयोगको लागि सम्भावनाको आधार हुन्छ ।    

व्यवसायीहरुको संगठनको दृष्टिकोणलाई सकारात्मक प्रभाव पार्न कार्यशालाहरुको प्रयोग गर्नुपर्छ । सामुहिक दृष्टिकोण निर्माण कार्यशालाहरु बजार विकासका चुनौतीहरु र यसमा व्यवसायीहरुको संगठनको भूमिकाबारे तिनीहरुको दृष्टिकोण स्पष्ट गर्न खुला र पारदर्शी प्लेटफर्म उपलब्ध गराउन उपयोगी हुन्छन् । व्यवसायीहरुको संगठनले प्रारम्भिक रुपमा गर्नुपर्ने कार्यहरुको लेखाजोखा गर्ने र तार्किक निष्कर्षमा पुर्याउन सामूहिक कार्य सम्भव हुने दृष्टिकोण निर्माण गर्नुपर्छ ।  

बजार सहजकर्ताहरुकले ब्यवसायीहरुको संगठनलाई कसरी सहयोग गर्न सक्छन् भन्ने कराको प्रस्ताव आह्वान गर्नुपर्छ । निश्चित प्रस्तावको साथ व्यवसायीहरुको संगठनहरुलाई सम्पर्क गर्नुको सट्टा, यसलाई बजारमा रणनीतिक चुनौतीहरु र यसमा व्यवसायीहरुको संगठनको सम्भावित भूमिकाको मूल्याङ्कन गर्ने प्रक्रियाको सन्दर्भमा हुनुपर्छ । व्यवसायीहरुको संगठनको महत्वाकांक्षालाई व्यावहारिकतासँग सन्तुलनमा राख्नु जरुरी छ । 

व्यवसायीहरुको संगठनहरुमा ठूलो रकम लगानी गर्नुको सट्टा रणनीतिक सवालहरुमा संग्लग्न हुने क्रियाकलापहरुमा सहयोग गर्नुपर्छ । सहयोगका कार्यक्रमहरु तय गर्दा व्यवसायीहरुको संगठनलाई प्रोत्साहन हुने, समर्थन हुने र धेरैजसो प्राविधिक (गैरनगद) इनपुटहरुमा ध्यान केन्द्रित गर्नुपर्छ । वित्त र नगद सहयोग भन्दा ज्ञान र सीपमा आधारित सहयोगलाई स्थापित गर्नुपर्छ । व्यवसायीहरुको संगठनलाई वित्तीय क्षमताको मोडेलमा परिवर्तन गर्ने उद्देश्य प्रायः अव्यवहारिक हुन्छ, जसले तिनीहरुको प्रकृति परिवर्तन गर्दछ र तिनीहरुको ओभरहेड खर्च बढाउँछ । व्यवसायीहरुको संगठनको स्वामित्व बढाउन लागत–साझेदारीको कुनै निश्चित सूत्र नभए तापनि समयको साथमा लागत–साझेदारी अनुसार काम गर्नुपर्छ । याद गर्नुपर्ने कुरा यो छ कि व्यवसायीहरुको संगठनको भूमिका सधैंभरि एउटै रहँदैन । व्यवसायीहरुको संगठनको मूल्य भनेको तिनीहरुले खेल्ने भूमिकाहरुमा आधारित हुन्छ । व्यवसायीहरुको संगठनसँग काम गर्न जरुरी छ तर तिनीहरुलाई परनिर्भर बनाउनु हुँदैन । 



(लेखक स्वीसकन्ट्याक्ट नेपालमा सिनियर एडभाईजरको रुपमा कार्यरत छन् साथै कृषि तथा वन विज्ञान विश्वविद्यालयको एडजङ्ट प्रोफेसरको रुपमा समेत आवद्ध छन् । लेखक कृषि सरोकार समाजका वरिष्ठ उपाध्यक्ष समेत हुन्  । यहाँ प्रस्तुत अवधारणा निजी हुन, यसले संस्थागत अवधारणा प्रतिनिधित्व गर्दैन ।)

Advertisement