राशिफलः आज (साउन २१) तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल साउन महिनाको २१ गते आइतबार, अधिक श्रावण कृष्णपक्षको पञ्चमी तिथि । आज मित्रता दिवस रहेको छ ।

मेष 
पेशागत जीवन स्थिर रहँदा रहँदै पनि ऋणको मात्रा भने बढ्न पुग्ने छ । मनमा निराशाका भावले पेल्ने छ । बाहिरबाट हेर्दा अरुले आँटिलो खालको व्यक्तित्व अभाषा भने गर्ने छन् । रिस नियन्त्रणमा ध्यान दिनु होला । झै–झगडामा संलग्न हुने वा हुनु पर्ने समय सक्रिय रहेकाले संयमित रहनु नै उपयुक्त हुने छ । शेयर कारोवारबाट फाइदा मिल्ने छैन् ।

Advertisement

वृष
पेशागत क्षेत्रमा स्थिरताको वातावरण तय हुनेछ । कमाईमा पनि बृद्धि हुन जाने छ । चतुर खाले व्यक्ति हुने छ । बाणिमा अस्वाभाविक कडापन देखा पर्ने भएकाले सतर्क रहनु होला । पारीवारिक जीवनमा झैझगडाको अवस्था आउने छ । शारीरिक कमजोरीले सताउने हुँदा मनोबलमा कमि गराउने छ । शेयर कारोबार लाभदायी बन्ने छ । 

मिथुन 
घर, घडेरी तथा गाडि, बाहन बेच्नु पर्ने अवस्था आउने छ । रियल स्टेटका विषयमा नोक्सानी हुने समय रहेकाले संयमित रहनु होला । पेशागत क्षेत्रमा उचारचढावको अवस्था आउने भएकाले धेरै जोखिपूर्ण कदममा नजानु ठिक हुने छ । धेरै उत्साही र धेरै नैराश्य बनि कदम चाल्ने बेला भन्दा औसत गति लिँदा उपयुक्त हुने छ । शेयर कारोवार मध्यम खालको बन्ने छ । 

कर्कट
कमाईमा पनि केही बृद्धि हुन पुग्ने छ । भाग्यको बलियो साथ रहेकाले पेशागत जीवन स्थिर रहने छ । पेशाप्रति समर्पित भई काम गर्न मन लाग्ने छ । प्रभावकारी बोली हुने छ । मनमा दुविधाका क्रम धेरै देखा पर्दा निर्णय क्षमतामा भने गिरावट आउने छ । शेयर कारोवार बजारबाट फाइदा मिल्ने छ । 

सिंह
विदेश यात्राका विषय स्पष्ट बन्दै जाने छन् । पेशागत र व्यावसायिक जीवनमा धेरै जोखिम भन्दा निरन्तरतामा ध्यान दिँदा उपयुक्त हुने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट आडभरोसा प्राप्त हुने छ । बौद्धिक व्यक्तित्वमा बृद्धि हुने छ तर प्रतिष्पर्धात्मक क्षमतामा भने गिरावट आउने छ । शेयर कारोवार जोखिमपूर्ण बन्ने छ । 

कन्या
भाग्यको साथ नभएकाले धेरै जोखिमपूर्ण कदमहरुमा नजानु नै उपयुक्त हुने छ । पेशागत जीवनमा अवरोधहरु धेरै आइपर्ने छन् ।समय संयमित भई धैर्य भएर कदम चाल्नु पर्ने खालको छ । मनोबलको कमि हुने छ । शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्ने छन् । शेयर कारोवारबाट नोक्सानी व्योहर्नु पर्ने छ । 

तुला
पेशागत क्षेत्रमा लाभदायी वातावरण हुने छ । व्यावसायिक जगतमा रहेकाहरुलाई पनि फाइदा हुने समय रहेको छ । साझेदारीमा गरिएका काममा भने असमझदारी देखा पर्न जाने छ । सुख सुविधा प्राप्तिका लागि अग्रसत हुने उत्साह जाग्ने छ । रिस नियन्त्रण गर्ने प्रयास गर्नु पर्ने देखिन्छ । शेयर क्षेत्रबाट फाइदा हुन सक्ने छैन् । 

वृश्चिक
पेशागत क्षेत्रमा धेरै जोखिमले भरिएका कदमहरु नचाल्दा उपयुक्त हुने देखिन्छ । भाग्यका कारण पेशागत क्षेत्रमा शुभ हुन खोजेता पनि बढि उत्साही हुने बेला छैन् । बोली प्रभावहिन हुन पुग्ने छ । स–सानो विषयलाई पनि धेरै संवेदनशिल दृष्टिबाट लिने हुनाले छिट्टो निराशाका भावहरु मनमा देखा पर्ने छन् । शेयर कारोवारबाट लाभ मिल्ने छैन् । 

धनु 
पेशागत क्षेत्रबाट आम्दानीमा हल्का बृद्धि हुन पुग्ने छ । तर पेशागत जीवन अस्थिर रहने चुनौति देखा परेको छ । धेरै जोखिम मोलेर कदमहरु चाल्नु भन्दा प्राप्त अवस्थालाई परिचालन गरि अघि बढ्न खोज्नु उपयुक्त हुने छ । शारीरिक र मानसिक थकान धेरै देखा पर्ने छ । शेयर कारोवार हल्का हल्का सकारात्मक दिशामा रहने छ । 

मकर 
आम्दानीमा केही बृद्धि हुने छ । पेशागत क्षेत्रमा गुमाउनु पर्ने अवस्था रहेकाले सतर्क रहनु होला । धेरै जोखिमपूर्ण कदमहरु भन्दा निरन्तरतामा जाँदा ठिक हुने छ । बोली प्रभावकारी बन्ने छ, यसले कार्य सफलतामा सहयोगी बन्ने छ । मनमा दुविधाहरुका क्रम धेरै रहने छ । शेयर कारोवारबाट अपेक्षाकृत लाभ मिल्ने छ । 

कुम्भ 
पेशागत क्षेत्रमा सकारात्मक उन्नतिको अवस्था आउने छ । धेरै जोखिमले भरिएका क्षेत्रमा आवद्धहरुलाई भने आर्थिक नाफा भन्दा भुमिका बढ्ने छ । साझेदारीमा गरिएका कामहरुबाट पनि फाइदा प्राप्त हुने छ । शारीरिक कमजोरीले पेल्ने छ । जसले गर्दा मनोबलमा कमि आउने छ । जीवनसाथिको सल्लाहमा अघि बढेमा केही मिल्ने छ । शेयर कारोवार औसत रहने छ । 

मीन
पेशागत क्षेत्रमा सकारात्मक उन्नति हुने र स्थिरता कायम हुने छ । व्यावसायमा संलग्नहरुलाई पनि फाइदा मिल्ने समय रहेको छ । परिवारमा भने असमझदारी देखा पर्ने छ । बाठो तथा आत्माबलले भरिएको दृढ खालको व्यक्तित्व बन्ने छ । बोलीको प्रभावले गर्दा आँटेका कामहरु बन्ने छन् । शेयरबाट लाभ मिल्ने छ । 

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement