सरकारले राष्ट्र बैंकलाई दियो पाँच रुपियाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृति

Advertisement

काठमाडौं । सरकारले पाँच रुपियाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रवक्ता रेखा शर्माले राष्ट्र बैंकलाई ५ रुपियाँका १५ करोड थान सिक्का टकमरी गर्न स्वीकृत दिइएको जानकारी दिइन् ।

Advertisement

उनले अर्थमन्त्रालयको प्रस्तावमा मन्त्री परिषद्ले उक्त स्वीकृत दिएको बताइन् । शर्माले मन्त्रिपरिषद्ले साईवर सुरक्षा नीति पनि स्वीकृत गरेको बताइन् । 

उनले बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक संसदमा पेश गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृत दिइएको बताइन् । 

Advertisement

Advertisement