अल्फाबिटाले मनायो ‘अष्ट्रेलिया एडमिसन्स डे, विदेशमा ज्ञान हासिल गरी नेपालमा प्रयोग गर्नुपर्छः शर्मा

Advertisement

काठमाडौं । पूरानो र प्रतिष्ठित शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फाबिटा एजुकेशनले बिहीबार अष्ट्रेलिया एडमिसन्स डे २०२३ मनाएको छ । अष्ट्रेलियाका प्रतिष्ठित दुई दर्जनभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरुसमेत सहभागी मेलामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता थियो ।  

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चलेको सो मेलामा ३० वटा स्टलहरु थिए । स्टलमा विश्वविद्यालयका साथै वायुसेवा कम्पनी, भाषा परीक्षाको टेस्ट सेन्टरले पनि सहभागिता जनाएका थिए । मेलामा विद्यार्थीहरुले विश्वविद्यालयमा भर्ना, छात्रवृत्ति, शुल्क आदि विषयमा चासो राख्दै जानकारी लिएका थिए । 

Advertisement

सो अवसरमा अल्फाबिटा समूहका अध्यक्ष तथा सीईओ द्धिवराज शर्माले अल्फा बिटा ग्रुपले विद्यार्थीहरुलाई पनि आफ्नै सन्तानको रुपमा माया गर्दै आएको बताए । उनले भने, ‘हामीले व्यवसाय मात्र गर्न खोजेका छैनौं । हामीसँग जोडिएका विद्यार्थीहरुको भविष्य पनि हामीसँग जोडिन्छ भन्ने कुराको राम्रो ख्याल गरेका छौं । एउटा कोचिङ सेन्टरबाट हामी यहाँ पुगेका हौं । सफारुपमा सरकारलाई कर बुझाएर हामी यहाँ आएको अवस्था हौं । यहाँ आएका विद्यार्थीहरुको प्रमाण पत्रका आधारमा उनीहरुलाई गन्तव्य तय गर्न हामीले मद्दत गर्छौं ।’ 

अध्ययनका लागि विदेश जान चाहनेले जानुभन्दा एक वर्ष पहिले नै आफ्नो योजना बनाउनुपर्छ भन्दै शर्माले अल्फाबिटासँग चार सयभन्दा धेरै विश्वविद्यालयहरुसँग समन्वय रहँदै आएको बताए । उनले थपे, ‘यहाँ आउँदा हामी अरुभन्दा फरक कुन कुन कुरामा छौं भने हाम्रो आफ्नो टेस्ट सेन्टर छ । अन्य कन्सल्टेन्सीमा टेस्ट सेन्टरको अभाव छ ।’

बाहिर जानेले पनि मेहनत गर्नैपर्छ भन्दै अध्यक्ष शर्माले म त विद्यार्थीहरुलाई बाहिर जाने मात्रभन्दा पनि केही सीप, दक्षता हाँसिल गर्न र मेहनत गर्न अग्रसर हुनुपर्छ भन्न चाहान्छु भने । ‘सफलता सजिलै आउँदैन’ भन्दै उनले विदेशमा पनि एक दिनमा नै प्रगति हुन्छ भन्ने छैन् भने । तर विदेशमा जानेका ज्ञान नेपालमा ल्याएर प्रयोग गर्न सकिने शर्माको भनाई छ । 

उनले भने, ‘नेपालको कुरा गर्दा यहाँ एउटा ट्राफिक बत्तिको त ग्यारेन्टी छैन् । विदेशमा जाम नपर्ने शहरहरु थुप्रै छन् । प्रविधि प्रयोगका विकसित राष्ट्रहरु हामीभन्दा दुई सय वर्ष अगाडी छन् । हामीले त्यही सिक्नका लागि पनि विदेश त जानैपर्छ । त्यहाँको ज्ञान, सीपलाई नेपालमा ल्याएर प्रयोग गर्न सकियो भने त्यो सफलता हो । देशलाई पनि लाभ हुन्छ ।’ 

‘नेपालमा बसेर केही गर्न सकिँदैन भन्न खोजेको होइन’ भन्दै उनले तर, अन्तराष्ट्रियस्तरका प्रगती हेर्न, त्यहाँका अभ्यासहरु आफूले जान्न, सिक्न पनि विदेश जानु पर्दोरहेछ भने । मेहनत गर्न सक्नेलाई नेपालमा पनि राम्रो अवसर रहेको शर्माले स्वीकार गरे । 

नेपालमा गरिएको मेहनत विदेशमा गएर गर्दा त्यसले पाउने सम्मान, पारिश्रमिकमा ठूलै अन्तर हुने उनले उदाहरण दिए । लामो समय बाहिर गएर बस्ने भन्दा पनि केही वर्ष त्यहाँको रहनसहन बुझेर नेपाल फर्किनेहरु बढि सन्तुष्ट रहेको शर्माले बताए । 

अध्यक्ष शर्माले विदेश जान विद्यार्थीहरुको सपना चाहना त हुन्छ, तर केही सामान्य प्रकियाहरु पूरा नहुँदा पनि त्यसको असर बाहिरबाट आउने भिषासम्म पुग्न जान्छ भन्दै वैदेशिक यात्रामा जान चाहने जोकोही विद्यार्थीहरुले यसको प्रक्रियाको विषयमा गम्भीर हुन जरुरी रहेको सुझाव दिए । 

विशेषगरी पासपोर्टको अवधि, भीसा एप्लिकेशनको फि, शैक्षिक तथा कार्य अनुभवका प्रमाण पत्रहरु, अंग्रेजी भाषाको दक्षता, आर्थिक अवस्था, स्वास्थ्य परीक्षण तथा बीमा, विदेश जान चाहनुको उद्देश्य, पासपोर्ट साइजको फोटो, क्यारेक्टर सर्टिफिकेट जस्ता कागजातहरुको महत्व विदेश जाने बेलामा साच्चै ठूलो हुने उनले बताए । 

शर्माले भने, ‘विद्यार्थीहरुलाई म मन लागेको देश जानको लागि र आफूले रोजेको विषयको बारेमा कम्तीमा पनि एक वर्षदेखि बुझ्न म सुझाव दिन्छु । त्यहाँ पुग्नुअघि विद्यार्थीहरुले बनाएको योजना, योजनाको कार्यान्वयन जस्ता पक्षले पनि निकै महत्वपूर्ण भूमिका खेल्छ ।’ 

अहिले विश्व साँघुरो भइसकेको छ भन्दै अध्यक्ष शर्माले विगतको जस्तो बाहिर जानलाई के हो के हो ? भन्ने जस्तो छैन् भने । उनले थपे, ‘तपाईं हाम्रै घरबाट पनि कोही कोही बाहिरै हुुनुहुन्छ । अब यसमा तपाईंहरु कहिले विदेश जाँदै हुनुहुन्छ ? किन जाँदै हुनुहुन्छ ? कहाँबाट जाँदै हुनुहुन्छ ? भन्ने जस्ता कुराको पनि विशेष महत्व हुन्छ । हाम्रो काम पनि तपाईंहरुलाई जाने बुझेको कुराहरु सिकाउने, ज्ञान आदान प्रदान गर्ने र सघाउने नै हो ।’

नयाँ विद्यार्थीहरुलाई विदेशको बारेमा धेरै दुविधा हुने गरेको भेटिन्छ भन्दै शर्माले हामीले खर्बौं रुपियाँ कमाउनका लागि मात्र नभई सेवा गर्न स्थापित भएर बसेको बताए । ‘यदी तपाईंहरुको परिवारमा पनि कोही बाहिर जान चाहानुहुन्छ र अब के गर्ने ? भन्ने अवस्थामा हुुनुहुन्छ भने सिधै हामीसँग आएर जोडिनुहोला । त्यसको लागि हाम्रो, अल्फबिटाको ढोका सधैं खुल्ला छ’, उनले भने  ।

Advertisement