वाणिज्य बैंकहरुमा ३ अर्ब निक्षेप घट्दा कर्जा लगानी २ अर्ब बढ्यो, सीडी रेसियो कति ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप ३ अर्ब घट्दा कर्जा लगानी भने २ अर्बले बढेको छ ।   

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा साउन २५ गते बिहीबार निक्षेप ४९ खर्ब २७ अर्बमा झरेको छ । अघिल्लो दिन गत बुधबार ४९ खर्ब ३० अर्ब थियो । 

Advertisement

त्यस्तै गत बिहीबार बाणिज्य बैंकहरुको कर्जा लगानी बढेर ४२ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो दिन ४२ खर्ब ९२ अर्ब थियो । 

त्यस्तै गत बिहीबार समग्र बैंकिङ प्रणालीमा कूल ५५ खर्ब ९६अर्ब निक्षेप हुँदा अघिल्लो दिन ५६ खर्ब थियो । त्यस्तै बिहीबार कूल कर्जा लगानी ४८ खर्ब ५३ अर्ब छ भने अघिल्लो दिन ४८ खर्ब ५२ अर्ब थियो ।

अन्तरबैंक ब्याजदर बढेर ५.९९ प्रतिशत पुगेको छ । अघिल्लो दिन ५.६७ प्रतिशत थियो ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढेर ८३.६८ प्रतिशत कायम भएको छ भने अघिल्लो दिन गत बुधबार ८३.५९ प्रतिशत थियो ।

 

Advertisement

Advertisement