वास्तविक कारोबार लुकाएको भन्दै ठमेलको एलओडी क्लबमा राजश्व अनुसन्धानको छापा

Advertisement

काठमाडौं। ठमेलमा सञ्चालित नाइट क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) प्रा.लि.को व्यवसायिक कारोबार विवरण राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ ।

विभागले विषेश सूचनाको आधारमा कम्पनीमा शनिबार बिहान ५ बजे छापा मारेको हो । विभागको टोलीले नाइट क्लबमा रेकी गर्नका लागि शुक्रबार राती नै टोली परिचालन गरेको थियो । 

Advertisement

राजश्वको सुराकी टोलीले शुक्रबार क्लबको व्यापार कस्तो हुनेरहेछ ? कति व्यक्ति सहभागी हुने रहेछन् ? टेबलहरु कतिमा बिक्री हुने रहेछ ? मदिरा चुरोट तथा पेय पदार्थको मूल्य कति हुने रहेछ ? रातभर सुराकी गरेर बसेको थियो ।

सबै तथ्यांक भेटिएपछि शनिबार बिहान थप टोली परिचालन गरेर सबै कारोबारको विवरण नियन्त्रणमा लिइएको हो । कागजात नियन्त्रणमा लिँदा बिहानको ५ बजेको एक अधिकृतले बताए । ठमेलमा सञ्चालित यो क्लब विश्वकै ५२ औं नम्बरमा परेको दाबी गरिँदै आएको थियो । सोही क्लबबाट एक नाबालिकालाई भक्तपुरमा लगेर बलात्कार गरिएपछि केही समयअघि यसका सञ्चालकहरु पक्राउ पनि परेका थिए । 

एलओडी क्लब २०७४ फागुन ८ गते आन्तरिक राजस्व कार्यालय महाराजगंजमा आयकर र भ्याटमा दर्ता भएको छ । तर कम्पनीले प्रत्येक वर्षको कारोबार ५० करोड भन्दा कम मात्रै देखाउँदै आएको छ । यति धेरै कारोबार गर्ने क्लबले कम मात्रै कारोबार देखाएपछि राजश्वले छापा मारेको हो । हरेक विहान बोरामा हालेर पैसा व्यवस्थापन गर्ने गरेको आरोप खेप्दै आएको यो क्लबले सोह्रखुट्टे, दरबारमार्ग, रानीपोखरी प्रहरी कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयलगायतका निकायका सरकारी बेतनधारीहरुलाई नियमतिरुपमा मोटो रकम धुस दिने गरेको आरोप पनि लाग्ने गरेको छ । 

अब विभागले कर कार्यालयमा बुझाएको विवरण र आफूले नियन्त्रणमा लिएको विवरण दाँजेर अनुसन्धान अघि बढाउने जनाएको छ । स्रोतका अनुसार कम्पनीले अथाह पैसा कमाउने गरे पनि त्यसको पारदर्शिता कायम नगर्ने, खर्च तथा आयको व्यवस्थित लेखा नराख्ने, अथाह रकम कमाउँदै जाँदा क्लब सञ्चालकलाई पैसा सम्हाल्नै असहज हुन थालेको थियो ।

क्लब सञ्चालकलाई नजिकबाट नियालेका एक व्यक्तिले राजश्व अनुसन्धान विभागमाथि आरोप लगाउँदै कर्पोरेट नेपालसँग भने, ‘एलओडीले एकलौटी रुपमा पैसा छापेको छ । संचालकहरुले अथाह रकम कमाएका छन् । प्रत्येक वर्ष कर कार्यालयलाई मात्रै रकम दिँदै आएको थियो । अब राजश्व अनुसन्धानले पनि भाग खोज्यो ।’

अब राजश्व अनुसन्धान विभागलाई पनि क्लब सञ्चालकहरुले मोटो रकम अफर गर्नसक्ने उनको भनाई छ । क्लबका सञ्चालकहरु मुद्दा मामिला रुचाउने मान्छे होइनन् । सिधैं पैसामा डिल गरेर काम टुङग्याउने ती व्यक्तिको तर्क छ । यद्यपी राजश्व अनुसन्धान विभागको अनुसन्धान हेर्न भने बाँकी नै छ ।

एलओडीको सञ्चालकहरुमा राजु सिंह, रुदीप श्रेष्ठ भुपेन कुँवर, श्यामसुन्दर अग्रवाल छन् ।

Advertisement

Advertisement