बाह्र खर्ब २० अर्ब भित्रियो रेमिट्यान्स, अघिल्लो वर्षभन्दा २१.२ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं । गएको आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब २० अर्ब वप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको वार्षिक तथ्याङ्कमा आधारिक देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई रु.१२२० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । 

Advertisement

त्यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतलेवृद्धि भई ४९७,७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २७७,२७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई रु.१३४८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । 

Advertisement

Advertisement