गत बर्ष आयात १६.१ प्रतिशतले कम हुँदा पनि १६ खर्ब ११ अर्बभन्दा बढीको सामान आयात

Advertisement

काठमाडौं । गएको आर्थिक बर्षमा कुल व्यापार घाटामा १५.५ प्रतिशतले कमी आई १४ खर्ब ५४ अर्ब ५९ करोड रुपियाँको वस्तु तथा सेवा आयात भएको छ । अघिल्लो वर्षमा यस्तो घाटा २३ प्रतिशतले बढेको थियो । 

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको देशको आर्थिक अवस्थामा निर्यात–आयात अनुपातको अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो ।

Advertisement

समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १५४ अर्ब ४२ करोड रुपियाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्ष यस्तो आयात रु. २१३ अर्ब ५३ करोड बराबरको भएको थियो ।

आर्थिक वर्ष २०७९–८० मा कुल वस्तु निर्यातमा २१.४ प्रतिशतले कमी आई एक खर्ब ५७ अर्ब १४ करोड रुपियाँ कायम भएकोछ । अघिल्लो वर्ष यस्तो निर्यात ४१.७ प्रतिशतले बढेको थियो । 

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३१.३ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११८.३ प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल
बोर्ड, अलैंची, ऊनी गलंैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा वर्षमा कुल वस्तु आयातमा १६.१ प्रतिशतले कमी आई १६ खर्ब ११ अर्ब ७३ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा स्पोन्ज आइरन, रासायनिक मल, अन्य स्टेशनरी सामान, अलकत्रा, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस, एम.एस.विलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भट्मासको तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

Advertisement

Advertisement