भूमाफिया र भ्रष्ट प्रशासनले विरुप बनाएको राजधानी कसरी सुधार्दैछन् बालेन ? (फोटोफिचर)

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन् । यो अस्तव्यस्ता विगतको अदूरदर्शी र भ्रष्ट राजनीति, स्वार्थी र गैरजिम्मेवार मालपोतका कर्मचारी र भूमाफियाले गर्दा बनेको हो । 

प्रकृतिलाई समेत चुनौति दिनेगरी नदी किनार मात्रै नभएर नदी नै पुगेर व्यक्तिको नाममा जग्गा पास गरी भौतिक संरचना विगतमा बने । त्यसलाई प्रशासन, अदालत र राजनीतिको तहले संरक्षण गर्दै आयो । त्यो अभिसप्त इतिहासलाई भत्काउने आँट अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गरिरहेका छन् । सोही कारण लाखौं जनता उनको पक्षमा उभिएका छन् । 

Advertisement

महानगर भित्रका संरचनाहरु भत्काउने क्रमसँगै नयाँ ढंगले पुनर्निर्माण गर्ने काम पनि सुरु भएको छ । सार्वजनिक जग्गा मिचेर तथा निजी जग्गामा पनि मापदण्ड विपरित बनेका संरचनाहरु हटाउने काम अहिले तीब्र बनाइएको छ । 

काठमाडौंमा अहिले हजारौं रोपनी सार्वजनिक जग्गा व्यक्तिले अतिक्रमण गरेको तथ्यहरु आइरहेका छन् । यतिसम्म कि खहरे खोला, नदीहरु मिचेर अतिक्रमणकारीले घर तथा भवनहरु निर्माण गरिएको छ । यस्ता अतिक्रमणकारीलाई पूराना दल र नेताहरुले भोट बैंकको लागि संरक्षण गर्दै आएका छन् । त्यहीमध्येको एक खहरे खोला मिचेर बनाइएका कपन क्षेत्रका अवैध संरचनाहरु हटाउने र पुरिएको खोला खोतलेर पूर्ववत अवस्थामा लैजाने काम अघि बढाएको छ । 

साथै, सामाखुशीमा नदी उत्खनन, रत्नपार्कमा हडपेर राखिएका पसलहरु, गौशालामा मापदण्ड विपरित बनाइएका टिकट काउन्टर, महानगरपालिकाले भत्काउँदै आएको छ । पुनर्निर्माणको काम पनि अघि बढाएका बालेनले महानगरलाई अझ सुन्दर बनाउने आफ्नो मुर्त योजना ल्याउन बाँकी देखिन्छ । महानगरपालिकाभित्रको जटिल कर्मचारीतन्त्र, पूराना दलनिकट वडाध्यक्ष र सदस्यहरुको अवरोध, महानगरभित्रका स्वार्थी समूहहरुको चेतावनीलाई पन्छाउँदै अतिक्रमित र मापदण्डविपरितका संरचना हटाउने, अतिक्रमित सार्वजनिक जग्गाहरु फिर्ता गर्ने, अव्यवस्थित ढंगले सडक पेटीमा राखिने पसलहरु हटाउने जस्ता कामहरु भएका छन् । 
  
अहिले यस्ता अवैध र मापदण्डविपरितका संरचना हटाउने तथा भत्काउने काम भएकाले केही भद्रगोल जस्तो देखिए पनि काम तीब्ररुपमा भइरहेकाले चाँडै नवनिर्माण र पुनर्निर्माणको काम हुने आशा गरिएको छ । 

केही तस्वीरहरु (स्रोतः नान)

Advertisement