वाणिज्य बैंकहरुमा साउनको अन्तिम दिन थप्पियो १० अर्ब निक्षेप, कर्जा लगानी कति ?

Advertisement

काठमाडौं । साउन महिनाको अन्तिम दिन गत विहीबार वाणिज्य बैंकहरुमा निक्षेप १० अर्ब बढ्दा कर्जा लगानी पनि ३ अर्बले बढेको छ ।   

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा साउन ३२ गते विहीबार निक्षेप ४९ खर्ब ३८ अर्ब पुग्दा अघिल्लो दिन ४९ खर्ब २७ अर्ब थियो । 

Advertisement

त्यस्तै गत विहीबार बाणिज्य बैंकहरुको कर्जा लगानी बढेर ४२ खर्ब ९९ अर्ब पुगेको छ । अघिल्लो दिन ४२ खर्ब ९६ अर्ब थियो । 

त्यस्तै गत विहीबार समग्र बैंकिङ प्रणालीमा कूल ५६ खर्ब १० अर्ब निक्षेप हुँदा अघिल्लो दिन ५५ खर्ब ९६ अर्ब थियो । त्यस्तै विहीबार कूल कर्जा लगानी ४८ खर्ब ५९ अर्ब छ भने अघिल्लो दिन ४८ खर्ब ५६ अर्ब थियो ।

अन्तरबैंक ब्याजदर घटेर ६.२३ प्रतिशत पुगेको छ । अघिल्लो दिन ६.२४ प्रतिशत थियो ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घटेर ८३.५७ प्रतिशत कायम भएको छ भने अघिल्लो दिन गत शनिबार ८३.७२ प्रतिशत थियो ।

Advertisement

Advertisement