बीमा कम्पनीहरुको मर्जरले १२०० सर्भेयरमध्ये ११०० लाई बेरोजगार बनायोः जोशी

Advertisement

काठमाडौं । बीमा सर्भेयर तथा सर्भेयर एशोसियशनका पूर्वअध्यक्ष सूर्यप्रसाद जोशीले बीमा कम्पनीहरुको मर्जरमा नै प्रश्न उठाएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले मर्जरले गदौ धेरै सर्भेयरहरुलाई बेरोजगार बनाएको र आर्थिक संकटमा पुर्याएको बताए । 

जोशीले भने, ‘अहिले बीमा कम्पनीहरुलाई नाफा आर्जन गर्न लुछाचुँडी छ । फाईदा खान कम्पनीहरु तत्पर छन् तर यो पुरानो रोग निको नभईरहेको बेलामा सर्भेयर भने हिस्स बनेका छन् । सर्भेयरले जुन किसिमले मर्जरबाट आफ्नो माग हुने र पहिचान कायम हुने सोचेका थिए, त्यस्तो भने हुन सकेन् ।’
 
उनको थप प्रतिक्रियाः 
अहिले नयाँ सर्भेयरहरुको उत्साह घट्दो छ । बीमा कम्पनीहरुले पूराना सर्भेयरहरुलाई मात्रै विश्वास गर्ने अवस्था छ । बीमा कम्पनीहरुले अहिले चार–पाँच लाख रुपियाँसम्मको बीमा दाबी भुक्तानी गर्दा सर्भेयरको कुनै सहायता लिँदैनन् । त्यस्ता दाबी भुक्तानीलाई बीमा प्राधिकरणले पनि सानो दाबीमा गन्ती गरेको छ । तर, ठूला दाबीमा समावेश हुने सर्भेयरहरुलाई पनि तालिम पर्याप्त छैन् । जम्मा एक हप्ताको तालिमले उनीहरुले आफ्नो विषयमा दक्षता हाँसिल गर्न निकै कष्टकर हुने गरेको छ ।

Advertisement

बीमा कम्पनीहरुलाई बीमितले पाउने सेवामा भन्दा पनि आफ्नो व्यवसाय बचाउन नै बढी ध्याउन्न हुने गरेको छ । पुराना सर्भेयरसँग नयाँ सर्भेयरहरुले सिक्ने प्रवृत्ति पनि निकै कम छ । नयाँ सर्भेयर पनि पेशाले इन्जिनियर हुने भएकाले हामीले अरुबाट किन सिक्नु ? भन्ने मानसिकता पाईन्छ । 

मलाई लाग्छ यो देशमा गरिबहरु कसरी बाँचेका होलान् ? यस्तो लाग्नु पछाडी इन्जिनियरहरुलाई त यो देशमा बाँच्न कठिन अवस्था छ । सानोतिनो कामले उनीहरुलाई पुग्दैन भने ठूलो कामको अवसर पाउने सम्भावना पनि निकै कम छ । म त भन्छु नयाँ इन्जिनियरहरुमा धेरै ठूलो धैर्यता आवश्यक हुन्छ । अहिले जम्मा एक सय इन्जिनियरहरुले मात्रै काम गरेको अवस्था छ । अन्य १२०० ले नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स लिएको भए पनि तिनीहरुले अहिले सक्रिय छैनन् ।

अहिले देशका हरेक काम प्रदेश प्रदेशका लागि छु्टयाइएका छन् । त्यही हिसाबमा प्रदेशहरुमा सर्भेयरहरुको पनि संख्या चाहिँ केही हदसम्म बढेको देखिन्छ । मुख्य कुरा बीमितहरुमा पनि आफ्नो कागजपत्र समयमा सर्भेयरलाई बुझाउनु पर्छ भन्ने बुझाई र तयारी दुवैमा कमी भएको देख्दा मलाई त बीमितहरुलाई पनि केही तालिम दिनुपर्छ जस्तो लाग्छ । 

दाबी भुक्तानी फरफारक गर्ने विषय निकै गम्भीर विषय हो । त्यसैले पनि म यसमा विगतको जस्तो सर्भेयरलाई मात्रै दोष दिएरभन्दा पनि बीमा प्राधिकरण, बीमा कम्पनी, बीमित सबैले बीमा ऐन र कानुनी प्रक्रियाहरु सही ढंगले बुझेर अघि बढ्नु पर्छ भन्ने चाहान्छु । नयाँ बीमा ऐन नियमावली आएपछि सर्भेयरलाई सहज र व्यवस्थित गर्नुपर्ने हो । त्यो हुन सकेको छैन् । 

अझैसम्म पनि एउटालाई दोष लगाएर आफू चोखो भइन्छ भन्ने परिपाटीको अन्त्य भएको छैन् । दोष लगाउनुभन्दा पनि जिम्मेवारी बहन गर्नुपर्ने हो । सर्भेयरलाई दोष लगाएर र गाली गरेर बीमा क्षेत्रको नियमन हुँदैन् । विकास हुँदैन् । यो कुरा कम्पनीहरुले पनि बुझ्नुपर्छ । 

Advertisement