रेमिट्यान्स भित्र्याउन योगदान पुर्‍याएको भन्दै नेपाल एसबिआई बैंक सम्मानित

Advertisement

काठमाडौं । रेमिट्यान्स (विप्रेषण) भित्र्याउन उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल राष्ट्र बैंकले नेपाल एसबिआई बैंकलाई सम्मान गरेको छ । 

राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा गभर्नर  महाप्रसाद अधिकारीले बैंकका सीईओ दिपककुमार डेलाई उक्त सम्मान प्रदान गरेका हुन् । 

Advertisement

बैंकले आफ्ना ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, संस्थागत कार्यालय र १२१ एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । 

Advertisement

Advertisement