वाणिज्य बैंकहरुमा निक्षेप र कर्जा दुबै बढ्यो, अन्तरबैंक ब्याजदर र सीडी रेसियो घट्यो

Advertisement

काठमाडौं । गत आइतबार वाणिज्य बैंकहरुमा निक्षेप ३ अर्ब बढ्दा कर्जा लगानी १ अर्बले बढेको छ ।   

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा भदौ ३ गते आइतबार निक्षेप ४९ खर्ब ४१ अर्ब पुग्दा अघिल्लो दिन ४९ खर्ब ३८ अर्ब थियो । 

Advertisement

त्यस्तै गत आइतबार बाणिज्य बैंकहरुको कर्जा लगानी बढेर ४२ खर्ब ९९ अर्ब पुगेको छ । अघिल्लो दिन ४२ खर्ब ९८ अर्ब थियो । 

त्यस्तै गत आइतबार समग्र बैंकिङ प्रणालीमा कूल ५६ खर्ब १३ अर्ब निक्षेप हुँदा अघिल्लो दिन ५६ खर्ब १० अर्ब थियो । त्यस्तै विहीबार कूल कर्जा लगानी ४८ खर्ब ६० अर्ब छ भने अघिल्लो दिन ४८ खर्ब ५९ अर्ब थियो ।

अन्तरबैंक ब्याजदर घटेर ६.१९ प्रतिशत पुगेको छ । अघिल्लो दिन ६.२० प्रतिशत थियो ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घटेर ८३.५४ प्रतिशत कायम भएको छ भने अघिल्लो दिन गत शनिबार ८३.५६ प्रतिशत थियो ।

Advertisement

Advertisement