लघुवित्त र हाइड्रो कम्पनीमा दाहाल र श्रेष्ठ सीईओ नियुक्त
फाइल तस्बिर

Advertisement

काठमाडौं । दुई कम्पनीमा नयाँ सीईओ नियुक्त भएका छन् । एक लघुवित्त कम्पनी र एक हाइड्रो कम्पनीमा नयाँ सीईओ नियुक्त भएका हुन् । 

यसैक्रममा मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सीईओमा रामहरि दाहाल पुनः नियुक्त भएका हुन् । सञ्चालक समितिको हिजो साँझ बसेको बैठक असोज १ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षका लागि दाहाललाई पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । 

Advertisement

त्यस्तै माउन्टेन इनर्जी नेपाल लिमिटेडको सीईओमा दामोदर श्रेष्ठ नियुक्त भएका छन् । हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले इन्जिनियर श्रेष्ठलाई सीईओ नियूक्त गर्ने निर्णय गरेको कम्पनी सचिव समबहादुर भट्टले जनाएका छन् ।  
 

Advertisement

Advertisement