स्वास्थ्य बीमाको सेवा एकैसाथ २६ वटा अस्पतालबाट किन हटाइयो ?

Advertisement

काठमाडौ । स्वास्थ्य बीमा बोर्डले २६ वटा अस्पतालबाट स्वास्थ्य बीमा सेवा बन्द गरेको जनाएको छ । बीमाको नविकरणमा समस्या देखिएको भन्दै उक्त स्वास्थ्य बीमा सेवा हटाइएको हो ।

स्वास्थ्य बीमा बोर्डले यही साउन ३२ गते बसेको बैठकबाट सो निर्णय गरेको हो । त्यसरी स्वास्थ्य बीमा सेवा बन्द भएकोमा बाँकेको फत्तेवाल आँखा अस्पताल र नेपालगञ्ज मेडिकल कलेज, चितवनको चितवन मेडिकल कलेज रहेको छन् ।

Advertisement

त्यस्तै, दाङको राप्ती आँखा अस्पताल, झापाको बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र लाइफ लाइन अस्पताल, महोत्तरीको शुभ स्वस्तिक हस्पिटल, मोरङको विराट मेडिकल कलेज टिचिङ हस्पिटल र नोबेल मेडिकल कलेज, पाल्पाको एलएमसीएन टिचिङ हस्पिटल र यूनाइटेड मिसन हस्पिटल, पर्साको नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलबाट पनि स्वास्थ्य बीमा हटेको छ ।

त्यसरी नै रुपन्देहीको लुम्बिनी आँखा इन्स्टिच्यूट एण्ड रिसर्च सेन्टर र सिराहाको फुल कुमारी महतो मेमोरियल कलेज, सगरमाथा चौधरी आँखा अस्पताल र सप्तऋषि अस्पताल बाँकेको नेपालगञ्ज मेडिकल कलेज, धनुषाको जानकी हेल्थ केयर एण्ड टिसिङग र जानकी मेडिकल कलेज, कैलालीको घोडाघोडि हस्पिटल, लाल रत्न हस्पिटल र नवजीवन हस्पिटल, खोटाङको आई केयर सेन्टर, मकवानपुरको मनमोहन मेरोरियल कम्युनिटी हस्पिटल र रुपेन्देहीको देवदाहा मेडिकल केलज एण्ड रिसर्च सेन्टरबाट स्वास्थ्य बीमा सेवा हटाइएको हो ।

आगामी दिनमा स्वाथ्य बीमाको मोडलमा फेरफेर गर्ने बारेमा भने बोर्डले केही खुलाएको छैन । नागरिकमा व्यससाय मात्र नभई परोपकार भावसहित नागरिकहरुलाई बीमाको कार्डकै आधारमा स्वास्थ सेवामा पहुँच बिस्तार गर्ने योजना सहित उक्त सेवा संचालन गरिदै आएको अवस्था छ । 
 

Advertisement

Advertisement