राष्ट्र बैंकले १० अर्ब रुपियाँको विकास ऋणपत्र जारी गर्ने, क-कसले खरिद गर्न पाउँछन् ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपियाँको  ६ वर्ष अवधि भएको विकास ऋणपत्र २०८६ ‘ज’ जारी गर्ने भएको छ । 

ऋणपत्रका लागि आइतबार भदौ १० गते दिउँसो ३ बजे बोलकबोल हुने भएको हो । निष्कासन मिति भने भदौ ११ गते तोकिएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ । 

Advertisement

ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । 

बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि ऋणपत्र खरिद गर्ने सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । 

Advertisement

Advertisement