नेताहरुले पनि ‘ऐंचो पैंचो’ फिल्म हेर्नुपर्छः नायिका स्वस्तिमा खड्का

Advertisement

काठमाडौं । यही आउँदो भदौ १४ बाट प्रदर्शन हुन लागेको फिल्म ‘ऐंचो पैंचो’ राजनीतिक विषयमा निर्माण गरिएकोले नेताहरुले हेर्नुपर्ने नायिका स्वस्तिमा खड्काले बताएकी छन् । 

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्मको प्रिमियर शोमा नेताहरुले यो फिल्म हेर्नुपर्ने तर्क गरेकी हुन् । 

Advertisement

खड्का भन्छिन्, ‘राजनीतिज्ञले समाजमा नदेखेका कुरा हामीले क्यामेरामार्फत् देखाइरहेको हुनसक्छ । त्यसैले फिल्म ‘ऐंचो पैंचो’ हेर्न म दर्शकलाई आग्रह गर्छु । राजनीतिज्ञलाई पनि आग्रह गर्छु ।’

त्यस्तै, अर्की नायिका वर्षा राउतले आफूले काम गरेका धेरैजसो फिल्ममा भूमिका छोटो तर अर्थपूर्ण हुने बताइन्।

नायक मुकुन भुषालले आफूलाई स्क्रिप्ट र चरित्र केही पृथक लागेका कारण यो फिल्ममा काम गरेको बताए ।

‘ऐंचो पैंचो’को निर्देशन कृषा चौलागाइँ र निर्माता विशाल चौलागाइँ हुन् । निर्माता विशालले नेपालको फिल्म हलहरुबाट लगानी कसरी सुरक्षित गर्ने ? भनेर आफूहरु केन्द्रीत रहेको बताए ।

Advertisement

Advertisement