वाणिज्य बैंकहरुमा निक्षेप १ अर्ब बढ्दा कर्जा लगानी २ अर्ब बढ्यो, सीडी रेसियो कति ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप १ अर्ब बढ्दा कर्जा लगानी २ अर्बले बढेको छ ।   

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा भदौ १० गते आइतबार निक्षेप ४९ खर्ब ५० अर्बमा पुग्दा अघिल्लो दिन ४९ खर्ब ४९ अर्ब थियो । 

Advertisement

त्यस्तै गत आइतबार बाणिज्य बैंकहरुको कर्जा लगानी बढेर ४३ खर्ब १३ अर्ब पुगेको छ । अघिल्लो दिन ४३ खर्ब ११ अर्ब थियो । 

त्यस्तै समग्र बैंकिङ प्रणालीमा कूल ५६ खर्ब २४ अर्ब निक्षेप हुँदा अघिल्लो दिन ५६ खर्ब २३ अर्ब थियो । त्यस्तै गत आइतबार कूल कर्जा लगानी ४८ खर्ब ७४ अर्ब छ भने अघिल्लो दिन ४८ खर्ब ७२ अर्ब थियो ।

अन्तरबैंक ब्याजदर बढेर ६.२८ प्रतिशत पुगेको छ । अघिल्लो दिन ६ः१६ प्रतिशत थियो ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढेर ८३.६३ प्रतिशत कायम भएको छ भने अघिल्लो दिन गत शनिबार ८३.६२ प्रतिशत थियो ।

Advertisement

Advertisement