उधारो अशुली ऐन चाँडै ल्याउन कागज व्यवसायीको आग्रह, संघमा नयाँ कार्यसमिति चयन

Advertisement

काठमाडौं । कागज व्यवसायी संघले उधारो अशुली ऐन चाँडै ल्याउन सरकार र संसदसँग आग्रह गरेको छ । संघको बुधबार सम्पन्न २२औं बार्षिक साधारणसभामा व्यवसायीले यस्तो ऐनको निकै खाँचो भइसकेको बताएका हुन् । 

संघका अध्यक्ष मनोहरदास मूलको सभापतित्वमा सम्पन्न सभामा व्यवसायीले उधारो असुली ऐनको अभावमा व्यवसायीले अनेकौं झमेलाको सामना गर्नुपरेको निष्कर्ष निकाल्दै उक्त ऐन यथाशीघ्र जारी गर्न सरकारको ध्यानाकर्षण गराउने, आयकर, मूल्य अभिवृद्धि कर, भन्सार मूल्यांकन र क्षेत्रमा विद्यमान अप्ठ्यारा हटाउन पहल गर्नेलगायत प्रस्ताव पारित गरेको छ । 

Advertisement

पछिल्लो समय आर्थिक गतिविधि सुस्ताएको र व्यवसायीको मनोबल गिर्दै गएको विषयमा पनि सरकारलाई गम्भीर भएर सोच्न र तदनुरुप कार्ययोजना ल्याउन आग्रह गर्ने निर्णय भएको संघले जनाएको छ । 

उक्त सभाले पुनः मूलको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा राजेन्द्र काबरा, महासचिवमा दिनेश चोखानी र कोषाध्यक्ष कमल तोदी छन् । 

Advertisement