गरिवको पक्षमा लड्दालड्दै कहिले धनी भैयो ? थाहै भएन् !

Advertisement

काठमाडौं । देशभरका सिने हलमा बिहीबारबाट नेपाली चलचित्र ऐंचोपैँचो प्रदर्शनमा आएको छ । यस चलचित्रको प्रिमियर शो हेर्न राजनीतिक दलका नेताहरु पनि पुगेका थिए । 

प्रिमियर शोमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, कांग्रेस नेता प्रदीप पौडेल, एमाले नेता महेश बस्नेत, सांसद ज्ञानेन्द्र शाही, सोविता गौतमलगायत पुगेका थिए । 

Advertisement

नेताहरुले फिल्म तथा कलाकारहरुको अभिनयको प्रसंशा गरेका थिए । एकीकृत समाजवादीका नेता प्रेम आलेले फिल्ममा गरिवको पक्षमा लड्दालड्दै कहिले धनी बनियो ? थाहा नै नभएको कुरालाई चलचित्रमा देखाइएको बताए । उनले चलचित्र सत्यतामा आधारित रहेको बताउँदै राजनीतिलाई पेशा बनाउन नहुने सन्देश दिएको बताए ।

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले चलचित्र राजनीतिक र सामाजिक कथावस्तुमा आधारित रहेको  बताए । उनले चलचित्रले दलको सिण्डिकेट र त्यहाँभित्र भएका विकृतिलाई उजागर गरेको बताए । नेपालको चलचित्र क्षेत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नभइ सञ्चार तथा सूचना, प्रविधि मन्त्रालयअन्तर्गत राखिएकोप्रति शाहीले आपत्ति जनाए ।  

प्रिमियर शोमा स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले परिवर्तन गर्न युवा शक्ति आफैँ जागरुक हुनुपर्छ भन्ने किसिमले चलचित्रको दोस्रो भाग आउनुपर्ने बताइन् । 

अभिनेता सोभित बस्नेतले कृषा चौलागाइँले पुरुषहरुलाई चुनौति दिएर चलचित्र निर्देशन गर्दै आइरहेको र चलचित्र उत्कृष्ट बनेको  बताए ।   उनले भने फिल्म देखेर नेताहरु दुःखी भए पनि कार्यकर्ता खुशी हुने बताए । 

त्यस्तै अभिनेता सलोन बस्नेतले चलचित्र उत्कृष्ट रहेको र देशको सामाजिक र राजनीतिक समस्यालाई देखाइएको बताए । त्यस्तै, अभिनेत्री दीपाश्री निरौलाले सबै नेपाली चलचित्र आफ्नो जस्तो लाग्ने बताउँदै आफ्नै फिल्मको प्रिमियर भएको जस्तो लागेको बताइन् । 

हरेक नेपाली चलचित्र आउँदै गर्दा कस्तो बन्यो होला ? भन्ने कौतुहलता हुने गरेको बताइन्  । ऐंचोपैँचोकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो आठ वर्षीय फिल्मी करियरमा पहिलो पटक प्रिमियर शो भएको बताइन् ।  

Advertisement

Advertisement