वायुसेवा सञ्चालनमा क्यानद्धारा कडाई, अब हरेक कम्पनीसँग कम्तिमा तीन वटा जहाज हुनैपर्ने

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डउन प्राधिकरण (क्यान)ले वायुसेवा सञ्चालकहरुमाथि कडाई गर्ने वायुसेवा सञ्चालकसम्वन्धी मापदण्डमा संशोधन गरेको छ । 

नयाँ संशोधनअनुसार अब हरेक वायुसेवा सञ्चालकसँग कम्तिमा तीन वटा जहाज नभए उसले वायुसेवा सञ्चालन गर्न नपाउने भएको छ । त्यस्तै, क्यानले सबै वायुसेवा कम्पनीले आगामी पाँच बर्षभित्रमा जहाजको संख्या पाँच वटा पुर्याउनुपर्नेछ । 

Advertisement

क्यानले वायुसेवा कम्पनीहरुलाई मर्जरमा जान बाटो खोलिदिएको छ । यसअघि उड्डउन क्षेत्रमा यस्तो नीति थिएन् । अब वायुसेवा कम्पनीका अध्यक्ष, शेयर लगानीकर्ता, कार्यकारी निर्देशकले प्राधिकरण र सरकारका नीति तथा कार्यहरु विपरितका क्रियाकलाप सञ्चालन गर्न एवं सो सम्बन्धमा आफ्ना धारणाहरु सार्वजनिकरुपमा व्यक्त गर्न नपाउने नीति क्यानले ल्याएको छ । 

वायुसेवा कम्पनीको व्यवस्थापन तथा कार्यकारीहरुले कम्पनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थ बाझिने प्रकृतिका गतिविधि एवं व्यवसायिक कार्यहरु (जस्तैः टुर्स एण्ड ट्राभल्स आदि )मा संलग्न हुन नपाउने भएको छ । अहिले धेरै वायुसेवा सञ्चालकहरु यस्तो व्यवसायमा संलग्न रहेको देखिन्छ । 

वायुसेवा कम्पनीका अध्यक्ष, शेयर लगानीकर्ता, कार्यकारी निर्देशकले प्राधिकरणद्वारा प्रदान गरिएको सीपीएल, एटीपीएल वा एएमएल लाइन्स प्राप्त गरेको भए सोको अभ्यास व्यवसायिक उडान वा मर्मतसम्भार गतिविधिमा गर्न नपाउने, पाइलटले उडानबाहेक अन्य व्यवसायिक गतिविधिमा संलग्न हुन नपाउने, ‘नो अब्जेक्सन सर्टिफिकेट’ प्राप्त गरेको न्यूनतम् पाँच वर्षको अवधिसम्म शेयर लगानीकर्ताले आफ्नो शेयर बिक्री वा हस्तान्तरण गर्न नपाउने जस्ता कडा नीति ल्याएको छ । 

null

Advertisement

Advertisement