मुटुमा समस्या देखिएपछि पारस शाह अस्पताल भर्ना

Advertisement

काठमाडौं । मुटुमा समस्या देखिएपछि युवराज पारस शाह अस्पताल भर्ना भएका छन् । उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । 

अहिले शाहको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई यसअघि पनि मुटुको समस्या देखिएको थियो । शाहलाई चिकित्सकको सुपरीवेक्षणमा राखिएको छ ।

Advertisement

पारस शाहको स्वास्थ्य अवस्था बुझ्न राजा ज्ञानेन्द्र शाह, रानी कोमल र युवराज्ञी हिमानी शाह पनि अस्पताल पुगेका छन् । गणतन्त्र घोषणापछि राजा र उनको परिवार गद्दीबिहीन अवस्थामा छन् । 

Advertisement