सूर्यको अध्ययनका लागि भारतले पठायो आदित्य–एलवान

Advertisement

काठमाडौँ । सूर्यको अध्ययनका लागि भारतले शनिबार आदित्य–एलवान यान प्रक्षेपण गरेको छ । चन्द्रमामा चन्द्रयान ३ को सफल अवतरणपछि उसले अर्को रकेट प्रक्षेपण गरेको हो । 

आदित्य (संस्कृतिमा सूर्य)ले सूर्य नजिक एलवान नाम दिइएको ठाउँमा पुगेर सौर्य आँधीलगायतका मौसमका बारेमा अध्ययन गर्नेछ । चार महिना लामो यात्रापछि एलवानमा पुग्ने यो यान पुग्ने ठाउँ पृथ्यीबाट सूर्यको कुल दुरीमध्ये एक प्रतिशत (१५ लाख किलोमिटर पर) मात्रै नजिक हो । 

Advertisement

भारतीय अन्तरिक्ष अध्ययन संस्था इस्रोका अनुसार सूर्यको व्यवस्थित अध्ययनको लागि रकेटले सात वटा साइन्टिफिक पेलोडहरू बोकेर त्यसतर्फ गएको छ । शनिबार रकेट प्रक्षेपण गरेको दृश्य इसरोले प्रत्यक्ष प्रशारण गरेको थियो । 

Advertisement

Advertisement