वाणिज्य बैंकहरुमा निक्षेप १ अर्ब घट्दा कर्जा लगानी स्थिर, सीडी रेसियो कति ?

Advertisement

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप १ अर्ब घट्दा कर्जा लगानी स्थिर रहेको छ ।   

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा भदौ १४ गते बिहीबार निक्षेप ४९ खर्ब ५३ अर्बमा झर्दा अघिल्लो दिन ४९ खर्ब ५४ अर्ब थियो । 

Advertisement

त्यस्तै गत बिहीबार बाणिज्य बैंकहरुको कर्जा लगानी स्थिर रहँदै ४३ खर्ब १९ अर्ब छ । अघिल्लो दिन ४३ खर्ब १९ अर्बनै थियो । 

त्यस्तै समग्र बैंकिङ प्रणालीमा कूल ५६ खर्ब २५ अर्ब निक्षेप हुँदा अघिल्लो दिन ५६ खर्ब २७ अर्ब थियो । त्यस्तै गत बिहीबार कूल कर्जा लगानी ४८ खर्ब ८०अर्ब छ भने अघिल्लो दिन पनि ४८ खर्ब ८० अर्ब थियो ।

अन्तरबैंक ब्याजदर ६.३५ प्रतिशत छ । अघिल्लो दिन पनि ६ः३५ प्रतिशत थियो ।

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढेर ८३.६९ प्रतिशत कायम भएको छ भने अघिल्लो दिन गत शनिबार ८३.६८ प्रतिशत थियो ।

undefined

Advertisement

Advertisement