राष्ट्र बैंकले मुद्दती निक्षेपमा १ अर्ब ७८ करोड लगानी गर्ने, ब्याजदर प्रस्ताव गर्न आह्वान

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब ७८ करोड रुपियाँ लगानी गर्ने भएको छ । 

राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो । 

Advertisement

उक्त रकम वाणिज्य बैंकहरुमा १ अर्ब ४२ करोड ४० लाख रुपियाँ, किावस बैंकहरुमा २६ करोड ७० लाख र वित्त कम्पनीहरुमा ८ करोड ९० लाख रुपियाँ लगानी गर्न लागिएको राष्ट्र बैंकले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ । 

उक्त रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर प्रस्ताव गरी आवेदन दिन भनिएको छ ।

undefinedundefined 

 
 

Advertisement

Advertisement